आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के नेपालीका छोरा आफ्नै बलि जढ्न जन्मिएका हुंन?

के नेपालीका छोरा आफ्नै बलि जढ्न जन्मिएका हुंन?

  • बिहिबार, बैशाख १, २०७९
के नेपालीका छोरा आफ्नै बलि जढ्न जन्मिएका हुंन?

सुरेशकुमार पान्डे — अहिले नेपाली सेनाका जवानहरू युक्रेनमा जांदैछन भन्ने खबर मिडियाहरूमा सर्बत्र देखिन्छ र सुनिन्छ।
जंहा पनि सङ्कट आउँछ, त्यँहा नेपालका युवाहरू पठाइन्छ,जुन देशमा पनि लडाई हुन्छ त्यँहा मारिने जवान नेपाली हुन्छ।
केही दिन पहिले कंगो द्वौन्दमा परेर एउटा ३२बर्षको युवा अनिल गुरूङ्ग मारिए।कंगोमा बिभिन्न खाले हतियारधारी बिद्रोही समुहहरू रहेको देश कंगोमा सरकारको उपस्थिति अत्यान्तै कम्जोरछ।सोही कारण जनताको ज्यु र धनका लागि शयुँक्त राष्ट्र सँघले त्यो ठाउँमा शान्ति सेना पठाएकोछ।सन१९९०देखी त्यँहा नेपालीको सेना खटाएकोछ।सरकारी सुत्रनुका अनुसार पनि त्यँहा अहिले सम्म६९नेपाली सैनिकको मृत्यु भएको बताइन्छ।नेपाल सेनाले हाल सम्म४३देशमा शान्ति सेना पठाएकोछ।ति मध्य कतिपय देशहरूमा शान्ति स्थापनापनि भै सकेकोछ।अहिले सम्म शान्ति सेनामा गएका मध्य ६९सेनाको मृत्यु भएको नेपाली सेनाले जनाएकोछ।सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार अहिले पनि ११वटा देशमा १२वटा नेपाली सेनाको मिसन सेना तैनातछन।जसमा करिव पांचहजार पांस सय सेना तैनातछन।
आखिर गोर्खा रेजिमेन्टका जवानहरूलाई अति सम्वेदनसिल इलाकाहरूमा खटाउँने गरिन्छ।दुनियां भरिका देशहरूले नेपालीहरू लाई मिसिनको रूपमा प्रयोग गर्ने र लडाई जित्ने गर्दा मारिने भनेको त नेपाली नागरिक नै हो।
भारतमा सुगौलिको सन्धि पछि गोर्खा भर्ति केन्द्र खोलेर ब्रिटिस भारतले नेपाली युवाहरूलाई स्वयम नेपालीको बिरूद्धमा लडाएको थियो।गोर्खा भर्ति खोलेको त नेपालीहरूको विरतालाई देखेरनै हो।भारतको भूमि कब्जा गरेपछि नेपालको भूमिमा पनि आकारमण गय्रो र नेपालीहरू अंग्रेज को मिसन सँग झुकेनन् र उनिहरू भोकै प्यासै महिनौ लडेको देखे पछि गरेको त्यो सुगौली सन्धि नेपाली युवाहरूलाई भारतिय मुक्ति संग्रामलाई कुचल्नको लागिनै उपयोग गर्ने अंग्रेजको शडयन्त्र थियो किन भने भारतिय स्वतन्त्र सेनामा नेपाली जनताको समेत सहभागिता थियो।
त्यो वेला अंग्रेजले एउटा तिरले दुइवटा सिकार गर्यो।आर्को नेपालीहरू बाट खोसेको जमिनको एउटा टुक्रा जंग बहादुरको बिरतालाई दिएर मन जित्न समेत सफल भएको थियो।उनीहरू बाट उनिहरू लाई खुसि पारेर जंगबहादुरले आफ्नो जमिनको एउटा भाग फिर्ता लिएपनि त्यो सुगौलि सन्धिबाट गुमेको टिस्टा देखि सतलजसम्मको बिसाल भुभाग अहिले पनि भारतमैछ।याद्मापी सन १९५०को भारत र नेपालको शान्ति तथा मैत्रि सन्धिको धारा आठले सबै सन्धि सम्झौता र कवुलियतनामा लाई खारेज गरिसकेकोछ तर त्यो भूभाग अहिले पनि न त भारतले फिर्ता दियो न नेपाली साशकहरूको लिने हिम्मत भयो।अहिलेको चुच्चे नक्सा जस्तै त्यो पनि दस्तावेजमा सिम्टिएकोछ।
पछि सन १९४७मा भारत छाडेर जानेवेलामा समेत नेपाली सेनाहरूलाई आपसमा टुक्रा पार्न चिट्टा हाले जस्तै गरेर सोध्यो के तिमिहरू भारतमा बस्न चाहान्छौकी हामि सँग जान चाहान्छौं?नेपाली सेना धेरैजसो ब्रिटास हुकुमतको बफादार पनि थिए त्यो वेलाको दश गोर्खा रेजिमेन्टस बाट चार रेजिमेटले आफु अंग्रेज सँग जान तैयार भए भने छे रेजिमेन्ट्स.भारतिय रेजिमेन्टमा जान राजि भए।गोर्खालिहरू जती बहादुर छन उत्ति बफादार पनि हुन्छन भन्ने कुरा अंग्रेजलाई भन्दा बढि कस्लाई थाहाहोला?त्यहि भयर उस्ले सोधेको हुनसक्छ।अहिले भारतलाई नेपालीहरू यती विर छन उत्ति बहादुर र बफादार भन्ने थाहाछ।कुनै घर र कम्पनिमा चौकिदार र भान्से समेत नेपालीहरू भएपछि अरूकुनै प्रमाण चाहिन्न थ्यो अहिले भने कयौं घटनाहरू घट्दै जांदा नेपालीहरू माथि पनि संका गर्न थिलियो।
आखिर यो रेजिमेन्ट शब्दको अर्थ के हो त?यसको अर्थ हो “फ्रन्टलाइन” अहिले भारतमा गोर्खा रेजिमेन्टस. जम्मा ३५वटा बटालियनछन।भारतले अंग्रेजहरूकै पदचिन्हमा हिंडेर अहिले पनि नेपाली सेनालाई अत्यान्तै खतरनाक र सम्बेदनसिल ठाउँमा खटाउँने गरेकोछ।सन२०११देखी सूर्य किरण नामले शयुँक्त सैन्य अभ्यास समेत सुरू गर्दै आएकोछ।
अहिले सम्म हजारौं लाखौ नेपालीहरूले आर्काको लागि ज्यु ज्यान दिएकाछन।जुन ठाउंमा पनि नेपाली सेनाहरूले लडेर त्यो देशको रक्षा गर्दै आयेको तमाम उधारणहरूछन।कुनै पनि देशको आन्तरिक शुरक्षा आर्को देशको युवाहरूले आफ्नो प्राणको बलि दिएर बफादारिका साथ रक्षा गर्छन भन्ने संसारमा एउटा यही नेपाली जात मात्रैहो।
दुःख त जव लाग्छ यति धेरै बफादारी गरेर जोगाएका देशले हाम्रै देशमा आकारमण गर्छन भने हाम्रो के मज्बुरीछ ति देशहरूको रक्षा गर्न?अहिले शान्ति सेनाहरूलाई युक्रेनमा पठाइंदैछ,कहिले कुन देशको लडाईमा कहिले कुन देशको लडाईमा मारिने नेपालीहरूको देश आफै खतरामा परेकोछ।दिनौ हस्तक्षेप हुन्छ बिदेशी अतिक्रमणहुन्छ।देशको बिकासलाई कुन्ठित गरेर आफ्नो देशको मण्डि बनाउँने प्रयात्न गर्दै आएकोछ।हाम्रो देशका युवाहरूले आफ्नै दुश्मनको पनि रक्षा गर्दा शहिद हुनुपर्ने भयो।
यस पछि पनि पर्वाशमा रोजगारीको सिलसिलामा जाने अन्य श्रमजीवी नेपालीहरूको दारूण अबस्थाछ।नेपाल र भारतको मैत्रि सन्धि बाट भारत पसेका नेपालीहरू लाई नोकरी नपाएर बेरोजगार अबस्थामा पेट पाल्नको लागि मात्र दुई छाक खानमा काम गरेको कयौंलाई बिगतमा बंधुवा मज्दुर बनाएर राखेको अबस्थामा हामी आफैले पनि कयौंलाई संगठनको माध्यायबाट मुक्त गरेका थुप्रै उधारणहरूछन।भारतमा नेपालीहरूको स्वांयम सेवक संगठनहरूले गल्लि गल्लिमा असंगठित र अलपत्रपरेका नेपालीहरूको उत्थान नगरेको भए कयौं नेपालीहरू आफ्नो घरमा फर्किन सक्ने थिएनन् बरू आर्थिक अभाव र लाचार भएर रोग गरस्थ हुनेथिए र अकालमा मर्ने थिए।गत बर्ष नेपालीहरूलाई कोरोनाको वेलामा नेपाली समाजले खास गरेर मूलप्रवाहका कार्य क्रताहरूले जनताको घर घरमा पुगेर उनिहरूको खान पानको ब्यबस्था नगरेको भए औषधी उपचार नगरेको भए धेरै ब्यक्तिहरू अकालमा भोकै मर्ने थिए।
भन्नलाई त सरकारले मैत्रि सन्धि गरेकोछ तर भारतको सरकारले यँहा आफ्नै नागरिकलाई हेर्दैन त नेपालीहरूलाई कसरि हेर्छ बरू स्थानिय जनताहरूले धर्मको नाउंमा श्रमजीवीहरूलाई सक्या सम्म खानेकुरा दिने गरेको देखियो।कयौं ठाउँहरूमा त घरमालिकले बिभिन्न बहानामा र कम्पनिहरूले पनि बिभिन्न बहानामा उनिहरूलाई गेट बाट भाइर निकालेर सडकमा सुत्न बिवस भयकाथिए।दिल्लि बाट मन्दारस, बाट मुम्वै लगायतका कयौं स्थानहरू बाट पैदल यात्रा गरेर नेपाल बोडरमा पुग्दा नेपालको सरकारले बोडर नखोल्दा उनिहरू एक मैना सम्म बोडरमा बसे।कयौं भागेर सिमा पार गर्दा थुप्रै घटनामा परे देशभरी अशुरक्षित हिंड्दा पुरा देश कोरोना ग्रस्त भयो।
खाडिमा गयका नेपालीहरूको लाश रातो बाकसमा फर्किन्छ यो दयानिय अबस्थाछ नेपालीहरूको।कतै लडाईमा परेर मरेकाछन,कतै धनिले कजाएर मरेकाछन कतै झुठा आरोपमा जेलभित्र सडाएकाछन।अनि बिदेशीले आफ्नो स्वार्थ पुरागर्न बहादुरको उपाधी दिएर मख्ख पारेकोछ।आफ्नो ज्यान दिएर पनि ति विर हरूले दुनियांका कयौं देशहरूमा सेवा गरेकाछन उनिहरूको रक्षा गरेकाछन।तर नेपालले के पयो उपहाश अपहेलना प्रताडित अतिक्रमण आदी बाट हाम्रो देशलाई बहादुरीको उपाधी दिएकाछन्।

चर्चामा

सम्बन्धित समाचार