शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको दुर्गम बिच्छयाँमा पहिलो पटक पुगे सिडियो र डिएसपी

बाजुराको दुर्गम बिच्छयाँमा पहिलो पटक पुगे सिडियो र डिएसपी

  • सोमवार, चैत्र २८, २०७८
बाजुराको दुर्गम बिच्छयाँमा पहिलो पटक पुगे सिडियो र डिएसपी

बाजुरा–बाजुराको सर्वाधिक बिकट रहेको हिमाली गाउँपालिकाको बिच्छयाँमा पहिलो पटक सिडियो र डिएसपी पुगेका छन् । साविकको बिच्छयाँ गाबिस तथा हिमाली गाउँपालिका १, २, ३ बिच्छयाँमा पहिलो पटक सिडियो डिएसपी पुग्दा स्थानियले स्वागत गरेका छन् ।
बाजुरामा २०२८ साल बाट प्रमुख जिल्ला अधिकारी बस्ने ब्यबस्था रहेको थियो । प्रमुख जिल्ला अधिकारी उप्रेन्द्रराज पौडेल ५० औ सिडियो हुन्, कोही पनि सिडियो बिच्छयाँ पुगेका थिएन्, पौडेल भने पहिलो पटक पुगेको वडा नम्बर ३ का अध्यक्ष ध्याने रोकायाले वताएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख प्रहरी नायब उपरिक्षक चतुर्भुज ओझा ३६ औ डिएसपी हुन् । कार्यलय प्रमुखका हिसाबले ४३ औ हुन् । बाजुरामा २०३४ साल देखी जिल्ला प्रहरी कार्यलय बाजुराको स्थापना भएको हो । बिच्छयाँमा कुनै पनि प्रहरी प्रमुख पुगेका थिएन्न्, पहिलो पटक डिएसपी चर्तुभुज ओझा पुगेका हुन् ।
बाजुरामा पहिलो पटक हिरामान श्रेष्ठले प्रजिअ भएर आएका थिए । त्यो पाल देखी अहिले सम्म बाजुरामा ५० जना प्रमुख जिल्ला अधिकारीले बाजुरा जिल्ला चलाइसकेका छन् । तर यो वीकट ठाउँमा पहिलो पटक प्रजिअ पौडेल सहितको टिम पुगेका हो । भौगोलिक बिकटताले निकै टाढा रहेको यो गाउँको सामाजिक, राजनितिक, सुरक्षा, आर्थिक अबस्था बुझन् पुगेको प्रजिअ पौडेलले वताए ।
यो गाउँपालिका भौगोलिक बिकटताले निकै टाढा रहेका छन् । यो क्षेत्रमा राज्यका तल्लो तहका कर्मचारी समेत जान मान्दैनन् । केही कामका लागि त्यहाँ जानु पर्ने भएपनि बिच बाटै फर्कने गरेका थिए स्थानिय छक्क भण्डारीले वताए । गैर सरकारी संस्था समेत जान मान्दैनन् । तै पनि हाम्रो जस्तो विकट ठाँउमा पहिलो पटक सिडिओ साव आएको हामी निकै खुशि भएको छक्क भण्डारीले वताए । चुनावको बेला जिल्ला तहको नेता ति गाउँमा पुग्ने भएपनि अरु बेला भने राजनितिक दलका स्थानिय तहका भन्दा अरु कुनै नेता समेत नपुग्ने गरेको स्थानिय अगुवा मनी थापाले जनाए ।
पटक पटक यो ठाउँका बिभिन्न समस्या आइरहेका हुन्छन् । वास्तविकता के हो र प्रशासनले त्यस क्षेत्रमा के गर्न सकिन्छ भन्ने हिसावले त्यहाँ पुगेको प्रशासनले जनाएको छ । त्यहाँ पुग्दा स्थानियले स्वागत सँग थुपै्र समस्या समेत दर्शाएको वताए । आफु त्यहाँ पुग्दा जनताका बास्तवीक समस्या थाहा पाएको र उनिहरुका समस्या समाधान गर्नका लागि पहल गर्ने प्रजिअले वताएका छन् ।
जिल्ला प्रहरी प्रमुख चतुर्भुज ओझाले दुर्गममा पुग्दा शान्ति शुरक्षा र बास्तवीक बाजुराको कथा ब्यथा जानकारी भएको वताए । हुनत प्रमुख जिल्ला अधिकारीले बर्षको एक पटक जिल्लाभर अनुगमन गर्नु पर्ने रहेको हुन्छ । तर बाजुरा भने कोही यसरी यी दुर्गम ठाँउमा जान सकेका छैनन् । यो ठाउँमा पालिकामा करिब ५ हजार भन्दा बढि जनसंख्या रहेको छ । सड्क यातायातले छुन सकेको छैन् । साबिवको बिच्छयाँ गाँबिसले बाजुराको भुगोलको हिसाबले ३५ प्रतिशत भुभाग ओगटेको छ । अहिले हिमाली गाउँपालिका १, २ र ३ वटा वडा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार