• होमपेज
  • देश/प्रदेश
  • विशु मान्न घर फर्कदै सुदूरपश्चिमेली

विशु मान्न घर फर्कदै सुदूरपश्चिमेली

  • आइतवार, चैत्र २७, २०७८
सेयर गर्नुहोस् :
विशु मान्न घर फर्कदै सुदूरपश्चिमेली
फाइल तस्बिर

 सुदूरपश्चिमेलीको प्रमुख चाड मध्येको एक विशु पर्व मान्न घर फर्कनेहरु बढेका छन्। सुदूरपश्चिमबाट भारतमा रोजगारी गर्न गएकाहरु नयाँ वर्ष अर्थात विशु पर्व मनाउन फर्कने क्रम बढेको हो।

अहिले भारतीय सीमा नाका कञ्चनपुरको गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको पुल घाटबाट घर फर्कनेको भिड लागेको छ। ‘वर्ष दिनको चाड हो विशु, घर परिवारसँगै मनाउन पाए रमाइलो हुन्छ,’ बैतडी सुर्नयाका जयसिंह धामीले भने, ‘कोरोनाले पोहोर परार विशु मनाउनै पाइएन।’ अछामको ढकारीका सरण साउदले सुदूरपश्चिममा दशैंभन्दा ठूलो विशु मनाउनकै लागि घर फर्केको बताए।

कोरोना संक्रमण घटेको अवस्थामा मानिसहरु नेपाल फर्किरहेका छन्। जसका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लाका लागि बस छुट्ने अत्तरिया बसपार्कमा भिडभाड बढेको छ। बस व्यवसायीहरुले एक साता यता बसपार्कमा दोब्बर यात्रुको चाप बढेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार