आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • वे-लगाम भ्रष्टचार र बुद्धी हिन बुद्धीजीवी!

वे-लगाम भ्रष्टचार र बुद्धी हिन बुद्धीजीवी!

  • बिहिबार, चैत्र २४, २०७८
वे-लगाम भ्रष्टचार र बुद्धी हिन बुद्धीजीवी!

सुरेशकुमार पान्डे — देश बिदेशमा पेट्रोलियम पदार्थमा भएको महंगिले धेरै ठाउंमा असर पुराएकोछ।यसको फाइदा उठाएर किर्तिम स्टाकमा सोल्टेज देखाएर डिलरहरूले पनि मनोमानी गरेकाछन।अहिले भारतमा एन सि आर क्षेत्रमा १०२/१०५प्रति लिटर बिक्रि भएकोछ।नेपालमा १५० सम्म बिक्रि भएको बताईन्छ।ब्लेकमा फुट्कर ब्यपारीहरूले १९० दुई सय सम्म पनि बेचेको कसै कसैले बताउँछन।तर अंस्ति पनि १४३ डिजल र १६०पेट्रोल डिलरहरूले बेचेकाछन तर भारतको तुलनामा नेपालमा सस्तो भएकोल दलालहरूले तेल भारतका ब्पारीहरू समेतलाई बिक्रि गरेका थिए अहिले प्रधान मन्त्री शेरबहादुर देउवा भारत बाट फर्किए लगातै भाउ बडाएका हुंन।अन्तरराष्ट्रिय बजारमै भाउ बढेको बताउँदै आयल निगमले भन्यो भन्निन्छ।सिमानाहरूमा भारतिय वहानले भराएको प्रत्यक्ष दर्शिहरू बताउँछन।
सवारी साधनले त्यसैलाई बहना बनाएर किरायमा मनपरि भाडा असुल्ने गर्छन।हाम्रो देशमा यातायातको अब्यब्थाछ कुनैपनि वहानहरूले यात्रुलाई टिकट नदिने गर्दा उनिहरूको मनोमानी भएकोहो।यातायातलाई सरकारले ब्यबस्थापन गर्नुपर्छ।धेरै जसो असर अटो चालाकहरूलाई परेकोछ न त सरकारले उनिहरूलाई सवारी भाडा निर्धारित गर्छ न उन्लाई यात्रुले आफै दिन्छन।बिस्तारै अटोहरू बन्द हुंने कगारमा छन।सरकारले सडकलाई ब्यबस्थित गरेर उनिहरूलाई सि एन जीको ब्यबस्था गर्थे भने आटो चलाकहरूलाई यति मार पर्ने थिएन।
एकातिर सडकहरू ठिकछैनन् कालो पोतेको पनि यस्तो देखाउँन मात्र कालो लगाएको देखिन्छ दुई मैना पनि त्यो कालो चल्दैन।अब बर्षा याममा भिरको बाटो पहाडमा पहिरोजाने र दुर्घटना हुँने बढी हुन्छ।
थोंत्रा बहानलाई यातायात बिभागले रोक लगाउँन पर्छ तर हाम्रो देशमा अन्त फ्यांकिएका बसहरूलाई पहाड तर्फ परमिट दिइन्छ।पहाडी जनताहरूलाई भेंडा बाख्रा जस्तै कोचेर लगिन्छ एउटा बसमा दुइटा बसहरूमा न अटाउँने सवारी बसाल्छन।सरकारले यातायातमा सुधार गर्न सकि राखेकोछैन।
यात्रुको जोखिम अबस्थालाई ध्यायन दिएर उनिहरूको बिमाको ज्ञारन्टी गरेर मात्र बसमा यात्रुहरू बसाल्न पाउँने ब्यबस्था गर्नुपर्छ र टिकट बिना सवारी बसाल्न रोक लगाउँनै पर्छ।
अहिले डिजल र पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धीले गर्दा सबै ठाउँमा प्रभाव परेकोछ।जस्को सोझै भार गरिब जनतामा परेकोछ।हाम्रो देशको ब्यबस्थापन कत्तिपनी जनहितमा छैन।
पढेलेखेका बुद्धीजिवीहरूलाई राजनीतीकोन बिभाजनले गर्दा बुद्धिहिन भएको देखिन्छ।उनिहरूले आफ्नो बुद्धी विवेकलाई राजनीतिक स्वार्थमा प्रयोग गरेकाछन।आफ्नो जहान बच्चाको प्रवरिस गर्न बिभिन्न राजनीतिक पार्टीहरूको झोले भएर हिंडेको देखिन्छ।वास्तबमा कुनै राजनीतिमा पेसाको लागि पेसेवर बनेको बुद्धीजीवी त्यो देशको ब्यबस्था भन्दा पनि आफुले छोपेको पार्टीको फाइदाको लागि बोल्ने लेख्ने गरेको पाइन्छ।स्वतन्त्र भएर नागरिकको हित र देशको हितको बारेमा बोल्न सक्दैनन्।यस्तै झोले बुद्धिहिन कथित बुपद्धिजिविहरूले गर्दा यो देशको अबस्था डांबाडोल हुंदै आएकोछ।
उनिहरूको मुख्य काम देशको हितमा नभएर जनताको बुद्धिभुटेर उनिहरूलाई आ आफ्नो स्वार्थमा ढाल्ने काम हुँदै आएकोछ।सरकारमा छंदा सरकारकै भजन बिपक्षमा छंदा सरकारको भण्डाफोर्डमा उनिहरूले आफ्नो बुद्धी र विवेक लगाएका हुन्छन।
राष्ट्रियता गणतन्त्र र जनजिविका सँग उनिहरूको कुनै सरोकार हुंदैन बरू आफ्नो बुद्धीलाई पेशाको रूपमा प्रयोग गरेर नेता बन्ने दाउँमा देखिन्छन।
यदी बुद्धीजीवि र पत्रकारहरूको आवाज देशको हितमा र देशका नागररिकहरूको हितमा उठ्थ्यो भने आज देशमा भ्रष्टचार नियन्तरण हुनेथ्यो।एउटा पत्रकारले भ्रष्ट प्रसाशनको बिरूद्धमा आवाज उठाउँछ भने आर्को झोले पत्रकार सरकार पक्षको छ भने सके सम्म उसको खोइरो खन्छ र पार्टीको विस्वासिलो पात्र बन्छ।यस्ता कथित बुद्धिजिवी र पत्रकारा भनौंदाहरूले गर्दा आज स्वतन्त्र आवाजहरू कुल्चिएका छन।
सवारी साधनले मच्चाएको लुटलाई राजनीति करण गर्दा अहिले उनिहरूको यो अबस्थाछ।जति लुट्न सकिन्छ लुट्ने ब्यबहारले यि लुटेराहरूको एकता पनि लुट्नकै लागि भयकोछ।
कुनैपनि स्वतन्त्र बुद्धिजिवी र पत्रकारहरूलाई पङ्गु बनाउँनमै यिनि राजनीतिका झोलेहरूको प्रयास रहन्छ।अहिले पहिलेको जस्तो वर्गिय आवाज उठाउँनेहरू पनि कमैमात्रामा छन अहिले त धेरैजसो लुटेराहरूको दलालि गरेर आफ्नो झोलि भर्ने दाउंमा मस्तछन।
कम्तिमा देश र जनताको लागि बर्गिय पक्षमा लेखेको भएपनि माजको बहु संख्याक आवाजको प्रतिनिधित्व हुन सक्थ्यो तर अहिले त्यो अबस्थामा पनि बहुत कममात्रामा इमानदारछन।
कसरी श्रमजीवी बर्गको शोषण गर्नेमा उनिहरूको योजना बनेको हुन्छ।एकातिर सरकारको महंगि झेलेका नागरीक आर्को तिर उनिहरूको चन्दा आतङ्क बाट पिडितछन।यो अबस्थामा आम श्रमजीवी कस्को सरणमा जाने?जब की आफ्नै बर्गले पनि लुटेको हुन्छ।जस बाट आफ्नो हक अधिकारको आवाज उठाउँने अपक्ष गरेको हुन्छ त्यसैले पनि उनैमाथी शोषण गरेका हुन्छन।यो देशको भिषण परिस्थिमा देशको खर्च कटौति गर्नका लागी संघियतता खारिज गरेर देनलाई आर्थिक संकट बाट जोगाउँन पनि सकिन्छ तर देशका कथित बुद्धिजीविसरूको ध्यान त्यतापनि जांदैन्।
अहिले देशभित्र महंगि वे लगाम भयकोछ जसले देशलाई आर्थिक संकटमा ढेकली रहेकोछ भने आर्को बुद्धीहिन भयका बुद्धिजीवीहरूले देशलाई संकट बाट जोगाउँने युक्तिहरू जुटाउँनुको साटो जसको सिता खाई उसैको गीत गाई गरेकाछन।यहि अबस्था रहिरहनेहो मने देश ठुलो संकटमा पर्नेछ।

चर्चामा

सम्बन्धित समाचार