मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • गैर सरकारी महासंघ बाजुराको अध्यक्षमा :अधिकारी

गैर सरकारी महासंघ बाजुराको अध्यक्षमा :अधिकारी

  • मङ्लबार, चैत्र २२, २०७८
गैर सरकारी महासंघ बाजुराको अध्यक्षमा :अधिकारी

बाजुरा– गैरसरकारी महासघ बाजुराको नवौँ अधिबेसन तथा २२ साधारण सभा सम्पन्न भएको छ । कृष्ण अधिकारी अध्यक्ष हुने गरी ९ सदस्यीय समिति निबिरोध रुपमा चयन भएको छ । जसमा उपाधयक्ष महोनराज जैशी, सचिब धर्म बहादुर रोकाया, सहसचिव धनकृष्ण बिक र कोषाध्यक्ष शुसिला थापा चयान भएका छन् । त्यस्तै सदस्यहरुमा जानकी खत्री, दिनेश बोहोरा, सम्भु भण्डारी, सृष्टा शाही रहेका छन् ।
बडिमालिका नगरपालिकाको सभा हलमा भएको कार्यक्रमको प्रमुख अतिधि प्रतिनिधि सभा सदस्य लालबहादुर थापा रहेका थिए । थापाले गैरसरकारी सस्था महांसघ सरकारको निती निर्माणको पहरेदार भएको बताए । पछिल्लो पटक हुने संघ सस्थाले सुदुरपश्चिमका जिल्ला हरुलाई राष्टिय तथा अन्तराष्टिय सस्थाहरुले हेर्ने दृष्टिकोण फरक गरेको प्रति आपत्ति जनाएका छन ।
पछिल्लाे समयमा सरकारले कर्णाली का जनता र सुदुरपश्चिम प्रदेशका बाजुरा अछाम बझाङ्ग जिल्लाका नागरिकको जिवन स्तरमा कुनै फरक नरहेकोले ती जिल्लाहरुलाई पनि राज्य , राष्टिय तथा अन्तराष्टिय संस्थाहरुले कर्णाली सरहको बिकास निर्माण र सेवा सुविधा पाउने बिषयमा  धेरै पटक छलफल गरको बताए । राज्यले बनाउने नितिनिर्माणमा पनि बिबेद पूर्ण हुने गरेको बताए ।
निती निर्माण गर्दा काठमाण्डौलाई केन्द्रित भएर बन्ने भएकोले बाजुरा जस्ता दुर्गम जिल्लाहरुको भौलीक रुपमा अध्ययन  नुहुने भएकोले बाजुरा जस्ता जिल्लाहरुको अवस्थामा सुधार हुन नसकेको बताए । आफू सांसद भएपछि धेरै पटक यस्ता बिषयमा छलफल भएको सरकारको अस्थिरताका कारण भएका छलफलहरुले सार्थकता नपाएको बताए ।
कार्यक्रमको बिशिष्ट अतिथि गैरसरकारी महासका केन्द्रिय सदस्य टंकप्रसाद ढुंगाना,प्रदेश सचिव अछाम जिल्ला अध्यक्ष रहेका थिए । केन्द्रिय सदस्य तिमिल्सेनाले गैरसरकारी संस्थाले सरकारसंग प्रत्यक्षरुपमा नजिक रहेर पुलको काम गरीरहेको भन्दै निति निर्माण र कार्यान्वयनमा गैर सरकारी संस्थाको अहम भूमिका रहेकोले यसलाई सबैको समर्थन र सहयोगको आबस्यकता रहेको बताउनु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार