मङ्लबार, जेष्ठ ८, २०८१

कविता !!!

  • मङ्लबार, चैत्र २२, २०७८
कविता !!!

शिर्षक :- हामीले भाेट दिएको मान्छे ।

कति बर्ष देखि क्रस्ट गर्यो तिमी वैदेशिक रोजगारी को शिलशिला ।
नत घरपरिवार लाई सुख दिन सकियो नत देश लाई यस्तै रहयो जिन्दगी को लिला ।।

तिमिले भोट दिएर पठाएका मान्छे ले त पाँचौ बर्षमा आलिशाहान बिचित्र को महल खडा गरे ।
जन्ता को जीवन उकास्न पठाएको ब्याक्ती आफै भ्रष्ट र दलाल बनी ट्न्न भुँडी भरे ।।

यो दु:खद कुरो भनिरहदा उनका आफ्न्त लाई पिर पर्ला ।
एक झुट ढाक्न लाई सयौं झुट बोल्न पर्ला ।।

फेरि पनि भुलेर त्यहीँ दलाल को वचन मा चुक्यौँ भने।
देशद्रोहिहरु तथा अपराधी हरु संविधान र गणतन्त्र माथी हत्या गर्न खोज्नेहरु संग झुक्यो भने ।।

हामी सिधा जन्ता को चेतना र बिचार बदलिएको हुने छैन ।
बेरोजगारी समस्या तथा अनेकौं झन्झट मा परेको नेपाली हरु को बिरानो मुलुक जाने क्रम रोकिने छैन ।।

थप संकट र बिकराल जिन्दगी भोग्ने छौँ ।
बितिसकेको बिसय प्रती बल्ल झस्केर निधार मा हात ठोक्ने छौँ ।।
!!!धन्यवाद !!!
लेखक:- जुँगराज राँहु मगर

चर्चामा

सम्बन्धित समाचार