सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • भारतमा विद्यार्थीलाई कुट्ने २ शिक्षकलाई जेल सजाय

भारतमा विद्यार्थीलाई कुट्ने २ शिक्षकलाई जेल सजाय

  • मङ्लबार, चैत्र २२, २०७८
भारतमा विद्यार्थीलाई कुट्ने २ शिक्षकलाई जेल सजाय

एजेन्सी– भारतमा ५ वर्षीय विद्यार्थीलाई कुट्ने २ जना शिक्षकलाई तीन÷तीन वर्ष कैद सजाय सुनाएको छ। मिर्जापुर अदालतका न्यायाधीश टिए भद्जाले ३६ वर्षीया तरुना पर्बतिया र ४७ वर्षीया नज्मा शैखलाई दोषी ठह¥याई कैद सजाय सुनाएका हुन्।

पानी खान र पटक–पटक शौचालय जान अनुमति मागिरहेको भन्दै ती शिक्षकले ५ वर्षीय विद्यार्थीमाथि कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। उनीहरु अहमदावादको मकरबास्थित अर्जुन प्राथमिक विद्यालयमा पढाउँथे।
आफूमाथि २ शिक्षकले लगातार ३ दिनसम्म कुटपिट गरेपछि बालकले आमालाई जानकारी गराएका थिए। बालकको खुट्टामा पिट्ने र चिमोट्ने गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार