आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देश
  • जिल्ला प्रहरी कार्यालय बाजुरा द्धारा ,हराएको मोबाइल हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय बाजुरा द्धारा ,हराएको मोबाइल हस्तान्तरण

  • आइतवार, चैत्र २०, २०७८
जिल्ला प्रहरी कार्यालय बाजुरा द्धारा ,हराएको मोबाइल हस्तान्तरण

बाजुरा — जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ५ स्थित आफ्नै घरको कोठाबाट हराएको POCO C3 मोबाईल सम्बन्धित व्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेको छ । २०७८ माघ २८ गते दिउँसोको समयमा आफ्नै घरको कोठाबाट हराएको मोबाइल प्रहरीले बरामद गरी आइतबार जिल्ला प्रहरी कार्यालय बाजुरामा सम्बन्धित व्यक्तिलाई बोलाएर हस्तान्तरण गरिएको हो ।
हराएको मोबाईल खोजतलास गरी पाउँ भनी यस जिल्ला प्रहरी कार्यालयमा पर्न आएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा उक्त मोबाइल जिल्लाकै स्थान तथा व्यक्तिबाट बरामद गरी सम्बन्धित मोबाइल धनीलाई हस्तानतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार