सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा संचालित स्वास्थ्य शिबिरमा सोचे जती बिरामी आएननः अस्पताल

बाजुरामा संचालित स्वास्थ्य शिबिरमा सोचे जती बिरामी आएननः अस्पताल

  • शनिबार, चैत्र १९, २०७८
बाजुरामा संचालित स्वास्थ्य शिबिरमा सोचे जती बिरामी आएननः अस्पताल

बाजुरा — जिल्ला अस्पातल बाजुरामा संचालित शिबिरमा सोचे जती उपलब्धी नभएको जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समिति बाजुराका अध्यक्ष मान बहादुर कार्कीले बताएका छन । १८ र १९ गते संचालन भएको नाक कान र घाँटी सम्बन्धीको निशुल्क स्वास्थ्य शिबिरमा जिल्लामा उपचारका लागि सोचेजती बिरामी नआएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष कार्कीले जानकारी दिएका छन ।
प्रचार प्रशारको कमी हुदा सोचे जती बिरामी उपचारका लागि नआएको अस्पताल ब्यबस्थापन समितिले जनाएको छ । जिल्लामा उपचार गरिएका २ सय ९ जना मध्य दुई जना खप्तड छेडेदह गाउँपालिकाका र २ जना स्वामिकार्तिक खापर गाउँपालिका बिरामीहरु आएका र अन्य सबै बडिमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
सुदुर पश्चिम प्रदेश सरकार स्वास्थ्य निर्देशनालय राजपुर डाेटीको सहयोग तथा नेपालगन्ज मेडीकल कलेजको प्राबिधीक सहयोग र जिल्ला अस्पताल बाजुराको समन्वयमा २ दिने निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको मेडीकल कलेजका टिम लिडर राम मल्लले बताए । उनले भने जिल्लामा हुन सक्ने उपचार गरेका छौ र बाकी जिल्लामा उपचार हुन नसेका बिरामीहरुलाई अछामको बयालपाटा अस्पताल र कोहलपुर रिफर गरिएको बताए ।
जिल्लामा जम्मा २ सय ९ जनाको उपचार गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।  ३१ जनालाई बयालपाटा अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ । ३१ जना मध्य २९ जना कानका बिरामी र २ जना घाटी सम्बन्धी समस्या भएका बिरामीहरुलाई बयालपाटा अस्पतालमा रिफर गरिएको मेडीकल कलेजले जनाएको छ । रिफर गरिएका ठाउँमा पनि निशुल्क शल्याकृया गर्ने मेडिकल कलेजले जनाएको छ ।
त्यसै गरी  जटील समस्या भएका ९ जना नाक सम्बन्धीका बिरामीहरु र ३ जना घाटी सम्बन्धीका बिरामीहरुलाई कोहलपुर रिफर गरिएको बताएकाे छ । त्यस्तै ५० जनाको कानको नशा सम्बन्धीका बिरामीहरुको जिल्लामै संचालन गरिएको शिबिरमा उपचार गराएको जनाएको छ ।
रिफर गरीएका बिरामीहरुका लागि यही चैत्र २२,२३ र २४ गते अछामको बयालपाटा अस्पतालमा उपचार गरिने र जिल्लामा थप उपचार गर्नुपर्ने र खवर नपाएकाहरुले पनी उपचार गर्न बयालपाटा आउन सक्ने शिबिर संचालक राम मल्लले बताएका छन । बाजुरामा खवर नभएका र नाक कान र घाटी सम्बन्धी समस्या भएका बिरामीहरुले २२ गते देखी बयालपाटामा संचालन हुने शिबिरमा उपचारका लागि पत्रकार सम्मेलन मार्फत मेडीकल कलेजले आह्वन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार