शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा एकै दिन हराएकी ५ युवती फेला

बाजुरामा एकै दिन हराएकी ५ युवती फेला

  • शनिबार, चैत्र १९, २०७८
बाजुरामा एकै दिन हराएकी ५ युवती फेला

बाजुरा — बाजुरा बुढीनन्दा नगरपालिकाकी ५ जना युवती शुक्रबार घरबाट कोही कसैलाई जानकारी नगराई भागी फरार युवती फेला परेकी छन । उनिहरु हराएको २ दिनपछी प्रहरीले फेला पारेको हो ।

एकै ठाउँका ५ जना य्ुवती हराएको खवर प्रहरीलाई जानकारी गराए संगै प्रहरीले खोजतलास गर्दा मार्तडीबाट अछामको साफेँ बगरतर्फ जादै गरेको जीपमा फेला प्रहरीले फेला पारेको छ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ८ बस्ने बर्ष २२ की शान्ति शाही, सोही नगरपालिका वडा नं. ५ बस्ने बर्ष १६ की असिना लुहार,वडा नं. ५ बस्ने बर्ष १२ की रस्मी लुहार सोही वडाकी बर्ष १३ की प्रेङ्का लुहार र बर्ष २३ की शान्ती मल्ल फरार रहेको अबस्थामा बार्जुगाड प्रहरी चौकीले सवारी साधान चेक जाचँको क्रममा जीपमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
१८ गते दिउँसो घरबाट कोही कसैलाई जानकारी नगराई आफू खुशी घरबाट भागी फरार भएकी पाचैँ जानलाई फेला पारेर शनिबार आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सवारी साधनहरूमा चेकजाँच गर्ने क्रममा बाजुरा सदरमुकाम मार्तडीबाट अछामको साँफेबगरतर्फ जादै गरेको से १ ज ६४८ नं. को जीपमा बसेको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिई, आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार