बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • मुक्तिकोट गाउँका महिला पाठेघर खस्ने समस्याले आक्रान्त

मुक्तिकोट गाउँका महिला पाठेघर खस्ने समस्याले आक्रान्त

आर्थिक अभाबमा बर्षौ देखि रोग पाल्दै

  • मङ्लबार, चैत्र १५, २०७८
मुक्तिकोट गाउँका महिला पाठेघर खस्ने समस्याले आक्रान्त

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुुक्तिकोट गाउँका महिलामा पाठेघर खस्ने समस्याले आक्रान्त बनेका छन् । आर्थिक अभाबमा बर्षौै देखि रोग पाल्दै आइरहेका छन् । एकातिर आर्थिक अभाब अर्कोतिर समस्या भन्न नसक्दा लामो समय देखी समस्या भोग्दै आएको स्थानिय बल बहादुर बिकले वताएका छन् ।
४२ बर्षिय रेशि बिकको पाठेघर सम्बन्धि समस्या भएको चार बर्ष भयो । ८ सन्तान जन्माएकि रेशिले अहिले पाठेघर समस्याले तड्पिरहेकी छन् । उपचार गर्न जान पैशा नहुँदा चार बर्ष देखी समस्या भोगिरहेकी छन् । दुइबर्ष सम्म त लाज मानेर कसैलाई भन्ने सकेनन, २ बर्ष पछि परिवारलाई भनेको भएपनि पैसा नहुदा घरमै रोग पालेर बसिरहेको वताईन् ।
रेशि जस्तै ५५ बर्षिय थुमा बिक, ४२ बर्षिय ओखडि बिक, ५२ बर्षिय आशि बिक पनि पाठेघर खस्ने समस्या सम्बन्धि तड्पिरहेकि छन् । त्यस्तै डोइला बिक, बालसरा बिक, लेखि बिक, खिरी बिक पनि समस्या भोगिरहेका छन् । यि त केही प्रतिनिधि पात्र मात्र हुन्, मुक्तिकोट गाउँका ४ सय परिवार मध्ये अधिकांश घरका महिलाहरुले यो समस्या भोगिरहेको स्वामिकार्तीक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर कैलाले वताएका छन् ।
खिरी बिकले १० सन्तानको जन्मदिइन्, ७ जना जिवित रहेका छन् । खिरी भन्छन्, पाठेघर खस्ने समस्या भएको १० बर्ष भयो, तर पनि उपचार गर्न जाने पैसा नहुदा घरमै रोगपालिरहेको वताएकि छन् । मुुक्तिकोट गाँउमा २३ बर्ष पुरा गरेकी प्राय दुुईतिन सन्तान जन्माएको महिला भेटाउन मुश्किल हुुन्छ । अधिकांश महिलाहरुले ७ सन्तान भन्दा माथि जन्म दिएको भेटिन्छन् । स्थानिय जनसरा बिक उमेर ३२ बर्ष भयो, तर उनले १२ पटक गर्भवती भईन् । ८ वटा बच्चा जन्माईन्, भने ४ वटा गर्भपतन गराएको वताईन् । ५ छोरी ३ छोरी रहेका छन्, उनको पनि पाठेघर खस्ने समस्या भइरहेको वताईन् ।
जनसरा जस्तै २८ बर्षिय बिजुु बिकले ७ वटा बच्चा जन्माईन् । खान लगाउनका कारणले दुुध नआउदा ६ महिनाकी छोरीको गतबर्ष मृत्यु भएको वताईन् । ३० बर्षिय रोशनि बिकले पनि ७ वटा बच्चा जन्माईन्, २ महिनाकी छोरीको चार महिना अगाडि मृत्यु भएको वताईन् । यी त केही उदाहरण मात्र भए, गाँउका ४ परिवार मध्ये अधिकांश महिलाहरुले धेरै बच्चा जन्माउने, जन्माअन्तर पनि कम रहेको पाईएको छ । पाठेघर खस्ने समस्याको मुख्य कारण धेरै बच्चा जन्माउनु रहेको छ ।
स्थानिय बेलमति बिकले भनिन्, महिलाहरुका स्वास्थ्य समस्याहरु थुप्रै छन्, तर लुुकाइरहेको वताईन् । गाँउमा सामान्य चेक जाँच हुुन्छ, बाहिर जान पैसा नहुुदा रोग पाल्ने गरेको बेलमतिले वताईन्, दैनिक खान लगाउन त कसरी छाक टार्ने भन्ने चिन्ता छ, उपचार त टाढाको बिषय रहेको उनले वताईन् ।
यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली अ‍ोराली गर्नु पर्ने, भारी बोक्नु पर्ने, बच्चा धेरै जन्माउँनु पर्ने अशिक्षा लाज मान्ने प्रवृत्ति लगायतका कारणले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने गरेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार