बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • देश
  • स्थानीय चुनाव लक्षीत स्वामीकार्तिक खापर गापा युवा समाज भेटघाट तथा चियापन कार्यक्रम

स्थानीय चुनाव लक्षीत स्वामीकार्तिक खापर गापा युवा समाज भेटघाट तथा चियापन कार्यक्रम

  • आइतवार, चैत्र १३, २०७८
स्थानीय चुनाव लक्षीत स्वामीकार्तिक खापर गापा युवा समाज भेटघाट तथा चियापन कार्यक्रम

बाजुरा — आईतबार जिल्लाको सदरमुकाम मार्तडीमा स्वामीकार्तिक खापर गाउँपालीकाका युवा समाज भेटघाट तथा चियापन कार्यक्रम गरेको हो ।
स्वामीकार्तिक खापर गा.पा का युवा मार्तडीमा भेला भई अब आउने नेतृत्वले युवालाई रोजगार दिगो बिकास गरि स्वामीकार्तिकलाई नयाँ नेतृत्व चयन गरि स्वामीकार्तिकको मुहार फेर्न नेर्तत्व खोजी गर्न सम्पुर्ण युवाहरुको भेटघाट तथा चियापान कार्यक्रम राखेको नागरिक अगुवा युवा सुमन कुमार शाहीले जानकारी दिएका छन ।
युवाहरुको सल्लाह अनुसार स्वामीकार्तिक खापर गापाका युवाहरु एकजुट भएर स्वामिकार्तिकमा आफ्नो नेतृत्व घोषणा पत्र पेश गरि जसले स्वामीकार्तिकलाइ समृद्धि युवा लक्षित कार्यक्रम ल्याउन सक्छ, जसले दिगो बिकास ,शिक्षा ,स्वास्थ्य ,रोजगार सडक यातायत लगाएतका बिकासका गतिबिधिले समाजमा उल्लेखनिय र बहुउदेश्यीय काम गर्न सक्छ त्यसमा युवाहरु कटिबद्ध रहन युवाहरुको समसामयी छलफल कार्यक्रम राखेको शाहीले बताए ।
स्वामिकार्तिकमा अब आउने नेतृत्वमा युवाका आवश्यकता पुरा गर्न नसक्ने युवा नेतृत्व थालनी गर्छ भने,हामी युवाहरु स्वतन्त्र नेतृत्व चयन गरि उम्मेद्धार घोषणा गर्ने युवाहरुको चेतावनी रहेको छ । स्वामिकार्तिक खापर गा.पाको आयोजकमा भएको युवाहरु भेटघाट तथा चियापान कार्यक्रममा युवाहरुका आवश्यकता र अभाव समस्यालाइ सहजै हल गर्न सक्ने नेतृत्व चयन गर्न ७० जनाको उपस्थीतिमा सम्पुर्ण युवाहरुको टिम जुटाउन आजको कार्यक्रम गरेको जगत शाहीले बताए । आजको युवाहरू भेटघाट तथा चियापान कार्यक्रम सँचालन अमृत शाहीले गरेका थिए । सो कार्यक्रमका अथिति सुमन कुमार शाही ,जगत शाही ,प्रकाश राज गिरी ,बालकृष्ण संज्याल लगाएत सम्पुर्णकाे उपस्थीत रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार