शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भलिबल
  • धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा

धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा

  • बुधबार, चैत्र ९, २०७८
धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा

धनगढी  — कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन्। बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै दुबै विभागिय टोली अन्तिम चारमा पुगेका हुन्।

बुधबार दिउसो भएको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो। २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसंग प्रदेश नम्बर १ पराजित भएको हो। खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए।

बुधबार दिउसो नै भएको क्वाटरफाइनलको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ। पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच पुलिस क्लबका हिम राना भए।

यसअघि बुधबार विहान भएको खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ। सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित ग¥यो। पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो।

चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो। खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए। आजको खेल हारे पनि बागमती प्रदेश पनि समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ।

भोलि सुदूरपश्चिमले एपीएफ र बागमतीले गण्डकी प्रदेशसंग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ। १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।साभार दिनेशखबर ।

चर्चामा

सम्बन्धित समाचार