मङ्लबार, बैशाख १८, २०८१

कबिता।।

  • मङ्लबार, चैत्र ८, २०७८
कबिता।।

शिर्षक गाउँ गाउँ बस्ती बस्ती ।।

जब देशमा चुनाब नज्दिक आउँछ,
अबसरबादी पार्टीहरु सल्बलाउछ।
नेताजीहरुको बोली नै फेरिन्छ,
अपहेलना गरेकालाइ नी मान सम्मान गरिन्छ।।

जनताहरुका दुख कष्ट छर्लङ्ग देखिन्छ ,
त्यसको निबारणको लागि चुनावी घोषणा पत्र लेखिन्छ ।
राष्ट्रियता संकटमा परेको हुन्छ,
बिदेशीले बार बार हस्ताक्षेप गरेको हुन्छ।।

ठुला ठुला भाषणहरु गरिन्छ,
जनतालाई सधै छक्क पारिन्छ ।
हर घर दैला दैला पानी आउँछ,
धुरीको एकजनाले सरकारी जागिर पाउछ।।

शिक्षा क्षेत्रमा पनि ब्यबहारिकता हुन्छ,
चुनाब लगत्तै बिकासले आकाश छुन्छ।
स्वास्थ्य चौकी चौबीसै घण्टा चालू रहन्छ,
जनजनको स्वास्थ्य परिक्षण भइरहन्छ ।।

अकालमा कोही मर्नु नी प्रदैन,
यो बेला मुबाइलमा रिचार्ज कार्डपनि भर्नु पर्दैन ।
आबस्यक परे आकाशका तारा धर्तीमा झारिन्छ,
हाम्रो भुमि अतिक्रमण गर्नेका सेखी झारिन्छ।।

यतिबेला मात्र होइन मासुभातमा डुबाइन्छ सधैंभरि,
यो पार्टीको उम्मेदवारलाई जिताउनुस कसैगरी।
नेपाललाई नेपाल नै रहन दिएहुन्थ्यो,
अनि किन नेपाल आमाको मन रुन्थ्यो?

कसैले बनाउछ रे स्विजरल्याण्ड कसैले अमेरिका,
जनतातालाइ झुक्याउने नेताहरुका भाति भाति छन् तरिका।
जनता नेताहरुका अबसर अनुसारका मिठा बोलीमा झुक्किनु भएन,
आजसम्म देशको बहुमत भोट सहि ठाउमा गएन।।

नातासम्बन्धमा हाम्रोलाई होइन बिकासमा राम्रोलाई रोजौ,
सबै मिली देश,जिल्ला र गाउगाउबाट उत्कृष्ट नेता खोजौ।
शिक्षित युवा युबतीले राजनितीलाई तिरस्कार नगरौ,
समाज सुन्दर बनाउने जिम्मा हाम्रो काधमा छ भनी अघि बढौ।।

देश बेचुवा र दलालहरुको बिरुद्धमा बिगुल फुकौ,
जसको निम्ति सबै गाउँ गाउँ बस्तीबाट उठौ।
भ्रस्टाचारीलारी र तस्करहरुलाइ पाखा लगाउनै पर्छ अब,
अतिक्रमण भएको देशको भुभाग फिर्ता ल्याउनु छ सब।।

। समाप्त ।

चर्चामा

सम्बन्धित समाचार