बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे मुक्तिकोट गाउँमा कुपोषणको कहर : बैशाख यता १२ जना शिशु तथा बालवालिकाको मृत्यु

बाजुराकाे मुक्तिकोट गाउँमा कुपोषणको कहर : बैशाख यता १२ जना शिशु तथा बालवालिकाको मृत्यु

  • आइतवार, चैत्र ६, २०७८
बाजुराकाे मुक्तिकोट गाउँमा कुपोषणको कहर : बैशाख यता १२ जना शिशु तथा बालवालिकाको मृत्यु
स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाँउकि एक महिला कुपाेषित बच्चालाइ देखाउदै

प्रकाश सिंह
बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाँउका अधिकांश बालवालिका कुुपोषणको चपेटामा रहेका छन् । बैशाख यता मात्र १२ जना शिशु तथा वालवालिकाको मृत्यु भएको स्थानिय बल बहादुर बिकले वताएका छन् । बालवालिकाको मृत्यु भइरहेको भएपनि सरकारलाइ भने यो बारेमा कुनै जानकारी नभएको पाईएको छ ।
चैत १ गते मात्र २५ बर्षिय मनसुवा बिकले छोरी जन्माइन्, छोरी जन्मेकी अर्को दिनमा मृत्यु भएको थियो । आमानै कुपोषित छिन्, बच्चा पनि कुपोषित जन्मेकको थियो, बच्चा जन्मेको केही समयमै मृत्यु भएको मनसुवा बिकले वताईन् । त्यस्तै २२ बर्षिय रङ्गगिता बिककी नवजात शिशुको पनि मृत्यु भएको थियो ।
फागुन १५ गते जानकी बिककी ३ बर्षकि सिता बिकको पनि कुपोषणका कारणले मृत्यु भएको थियो । २ महिना पहिला मात्र देबु बिककी २ बर्षकि छोरी किस्मता विकको मृत्यु भएको थियो । देबुले भनिन्, छोरी भन्दा पहिला पनि एक छोराको मृत्यु भएको हो, राम्रो पोषिलो खान नपाउदा दुध आउदैनन्, कुपोषित भएर बच्चा मर्ने गरेको वताईन् ।
बडिमालिका खबरकाे टिम स्थलगत रिपोटिङ्गका लागि मुक्तिकोट पुगेको थियो । बैशाख यता मात्र १२ जना शिशु र वालवालिका मृत्यु भएको पाइएका हुन् । त्यस्तै अषारे बिकको छोराको माघमा मृत्यु भएको थियो । माघ ४ गते भरत बिककी छोरी त्यस्तै सुरेश बिककी छोरी जन्मेको १२ दिनमा र बिक्रम बिकको ३ महिनाको छोरा शक्ति विकको साउनमा मृत्यु भएको थियो ।
धनपुरा विकले असारमा छोरी जन्माईन्, भदौमा मृत्यु भएको हो । बिजी बिकको ३ महिनाको छोरा भदौमा मृत्यु भएको हो । त्यस्तै मुगा बिकको १ महिनाको छोरा असोजमा मृत्यु भएको थियो । त्यस्तै प्रमित विकको १ महिनाको छोरी बैशाख यता मृत्यु भएको थियो । १५ बर्षिय हिरता बिकको पनि अन्य रोगका कारणले मृत्यु भएपनि उनि शुरु देखी कुपोषणको चपेटामा रहेको स्थानिय सेत बिकले वताए ।
बैशाख यता १२ जना शिशु तथा बालवालिका र १ जना किशोरि गरि १३ जनाको अकालमै ज्यान गएको हो । यो बर्ष मात्र नभई गाउँमा कुुपोषणका कारणले बर्षेनी वालवालिकाको मृत्युु हुने गरेको छ । मुक्तिकोट गाउँमा ४ सय दलित परिवार छन्, यो नेपालको सबै भन्दा गरिब गाउँका रुपमा परिचितका रुपमा रहेको छ ।
त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् ।
मुक्तिकोट गाउँमा अहिले ३० भन्दा बढि बालबालिका कुपोषण बाट निकै ग्रसित भएका छन । सरकारले अहिले सम्म गाँउमा कुुपोषित बालवालिकाको अबस्था कुनै अध्ययन तथा खोजेको पाइदैन् ।
मुक्तिकोट गाँउमा उपचार अभाबमा कुुपोषणले धेरै बालकालिका छटपटिरहेको स्थानिय बल बहादुर बिकले वताएका छन् । धेरै सुुत्केरी आमाहरु आफै कुुपोषित रहेका छन् । यसरी बर्षेनी कुुपोषणका कारणले बालबालिकाको मृत्युभएको भएपनि राज्यको ध्यान पुुग्न सकेको छैन्, मुक्तिकोट बाँसि भन्छन्, हाम्रो भनेको राज्य सुुन्दैन्, कसलाई भन्ने गुुनासो पोख्छन् । कुुपोषणको शिकारमा गाँउका बालवालिका चपेटा परेका भएपनि सरकारलाई त्यहाको अबस्थाको बारेमा कुुनै जानकारी छैन् । नत कुुपोषण जाँच गरेको छ, नत ति बच्चाहरुको उपचार तथा लिटोको ब्यबस्थापन् गरेको पाईन्छ । गाँउ नजिकै भर्खरै सामुुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपनि सामान्य उपचार बाहेक अन्य कुुपोषण सम्बन्धि कुुनै चेकजाँच नहुुने गरेको छ ।
एकातिर कुपोषण मारमा गर्भवती महिला र वालवालिका छन् भने अर्कोतिर यहाँ धेरै बच्चा जन्माउने संख्या उल्लेखनिय छ । भौगोलिक बिकटताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सन्देश दिने कोही नजाने गरेको पाईएको छ । धेरै बच्चा पाँउने सँग महिलाहरुका स्वास्थ्य पनि निकै रहेका पाईएका छन् । पाठेघर खस्ने लगायतका समस्या भएपनि रोग लुुगाइरहेको पाईएको छ, भने उपचार गर्ने आर्थिक अभाब नहुुँदा रोग पालिरहेका छन् ।
गाँउमा सामान्य चेक जाँच हुुन्छ, बाहिर जान पैसा नहुुदा रोग पाल्ने गरेको बेलमति बिकले वताईन्, दैनिक खान लगाउन त कसरी छाक टार्ने भन्ने चिन्ता छ, उपचार त टाढाको बिषय रहेको उनले वताईन् । खाद्य अधिकार क्षेत्रमा काम गर्दै आएको फियान नेपालका कार्यक्रम प्रबन्धक बिनोद पाण्डेले भने यो गाउँ राज्यको नजर बाट निकै टाढा रहेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार