सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाज
  • खाद्य अधिकार संम्बन्धी सरोकारवालाहरु संग अन्तर संबाद

खाद्य अधिकार संम्बन्धी सरोकारवालाहरु संग अन्तर संबाद

  • शनिबार, चैत्र ५, २०७८
खाद्य अधिकार संम्बन्धी सरोकारवालाहरु संग अन्तर संबाद

बाजुरा — जिल्लाको कोल्टी क्षेत्रको खाद्य अधिकार संम्बन्धी सरोकारवालाहरु संग अन्तर संबाद कार्यक्रमको आयोजना गरिएको छ । फियान नेपाल र खाद्य अधिकार संजालको संयुक्त रूपमा शनिबार कोल्टीमा अन्तर संवाद कार्यक्रम संचालन गरिएको हो । संघिय सरकारका सांसद लाल बहादुर थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रमको आयोजना गरिएको फियान नेपालका सचिव मदन जोशीले बताएका छन ।

No description available.
सरोकारवालाहरु संगको छलफलमा जिल्लाको उत्तरी क्षेत्रमा रहेका स्थानीय तहको खाध्य अधिकार रणनीती योजना कस्तो बनाउने भन्ने बिषयमा छलफल गरिएको सचिव जोशीले बताएका छन । सो कार्यक्रम बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि संघिय सरकारका सांसद लाल बहादुर थापा रहेका थिए ।
कार्यक्रममा फियान नेपालका निर्देशक अशोक सिहंले खाध्य ऐनका बारेमा सरोकारवालाहरु संग छलफल गुर्नका साथै ऐनमा भएको कुरा प्रस्ट पारेका थिए ।

No description available.
कोल्टी स्थित खाद्य अधिकार संजालले सो क्षेत्रमा खाध्य अधिकारका समस्यका बारेमा पाच बुदे ज्ञापन पत्र संघिय सांसद थापालाई बुझाएको खाद्य अधिकार संजाल कोल्टीले जनाएको छ । त्यसै गरी सो क्षेत्रका हलियाका समस्याका बारेमा पनि हलियाहरुले सांसद थापालाई ज्ञापन पत्र बुझाएको खाध्य अधिकार संजालले जनाएको छ । सो कार्यक्रममा बोल्दै थापाले भने फियान नेपालले बाजुरामा राम्रो काम गरिरहेको बताए । सो कामलाई निरन्तरता दिन सांसदको हैसियतले गर्नुपर्ने सहयोग सधै गरिराख्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार