बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • बुढीगंगा
  • बाम्का बजारमा अनुगमन गर्दा २४ हजार बराबारको अखाद्य सामग्री नष्ट

बाम्का बजारमा अनुगमन गर्दा २४ हजार बराबारको अखाद्य सामग्री नष्ट

  • बुधबार, चैत्र २, २०७८
बाम्का बजारमा अनुगमन गर्दा २४ हजार बराबारको अखाद्य सामग्री नष्ट

बाजुरा — जिल्लाको दक्षिण क्षेत्रमा रहेको बाक्का बजार फालासैन बजारमा अनुगमनका क्रममा पसलबाट रू. २४ हजार ६ सय ७५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । बुधबार बिहान गरिएको अनुगमनमा म्याद गुर्जेका खाद्य बस्तुहरु बरामत गरि नष्ट बुढिगंगा नदिको किानारमा नष्ट गरिएको हो ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभाग डोटीको आयोजना जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभाग डोटीका प्रमुख सागर दाहलका अनुसार विभिन्न किराना पसलमा गरिएको अनुगमनमा लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको बताएका छन । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको उनले बताएका छन । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।
बाजुरामा गरिएको अनुगमनमा सबै भन्दा बढि सुजी बरामत भएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभागका प्रमुख सागर दाहलले बताए । उनका अनुसार सुपर पावर सुर्ती पनि अबैध भएकोले बिक्री बितरण गर्न नपाउने ब्यबस्था हुदाहुदै बाजुरामा अत्याधिक मात्रमा भेटिएको बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय, पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो । उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार