शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • बुधबार, चैत्र २, २०७८
गजल!

सबै झोलेहरू आ आफ्नै नजरले हेर्छन,
छैनन् स्वतन्त्र उनी पार्टीको डरले हेर्छन।

ब्याक्ती फेरीए ब्यबस्था उस्तैछ भन्नेलाई,
ज्यानको धम्की अनेक वे-कदरले हेर्छन।

स्वतन्त्र मुल्याङ्कन त हुँदै हुंदैन कहिलै,
सांचो होइन कांचो आफ्नै डगरले हेर्छन।

उन्को बिरोध गर्नुभएन जे गरे पनि उन्ले,
सबैलाई सांच्चैभन्दा त्यही तबरले हेर्छन।

कलाकारलाई ज्यान मार्ने धम्की किनहो,
ब्यबस्था ठेकेदारी दृष्टी सकभरले हेर्छन।

देशभक्तले देशलाई आफ्नो आमा सम्झे,
बिदेशकै दलालले उन्लाई जहरले हेर्छन।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार