शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • फेरी संचालनमा आएसंगै स्वामिकार्तिक खापर गाउँपालिका सडक संजालमा जोडियो

फेरी संचालनमा आएसंगै स्वामिकार्तिक खापर गाउँपालिका सडक संजालमा जोडियो

  • सोमवार, फाल्गुन ३०, २०७८
फेरी संचालनमा आएसंगै स्वामिकार्तिक खापर गाउँपालिका सडक संजालमा जोडियो

बाजुरा– बाजुराको कर्णाली पारि रहेको स्वामिकार्तिक खापर गाँउपालिका सडक संजालमा जोडिएको छ । सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका अव सडक संजालमा जोडिएको हो । यातायातको पहुँचमा पुयाउनका लागि कणर्ाली नदिमा स्वामिकार्तिक खापर गाउँपालिकाले फेरी निर्माण गरि फागुन ३० गते देखी नै गाउँपालिका सडक संजालमा जोडिएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी कुबेर शाहीले बताएका छन । गाँउपालिकाले आफ्नै लगानिमा निर्माण शुरु गरेको करिव दुई बर्ष पछि फेरीको काम सम्पन्न गरी ३० गते नै संचालनमा ल्याएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी शाहीले बताए ।
सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका अव सडक संजालमा जोडिएको छ । गाँउपालिकालाई सड्क सञ्जाल जोड्नका लागि नदिमा २०७६ असारमा फेरी निर्माणको काम शुरु गरी आज अर्थात फागुन ३० गते देखी संचालनमा आएको स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष चिरिन्जीबि शाहिले वताए । स्वामिकार्तिक खापर गाँउपालिका ४ सुईजिउला र जगन्नाथ गाँउपालिका १ पिलिचौरको बिचमा फेरि निर्माण कार्य सम्पन्न गरी आजै गाउँपालिका अध्यक्ष चिरनजिबी शाहीले उद्धघाटन गरेको गाउँपालिकाका सुचना अधिकारी शाहीले बताएका छन । फेरी सञ्चालनमा आएपछि बर्षातका ३ महिना असार, साउन, भदौ महिना बन्द हुने बाकि महिना भने सञ्चालन भइरहने गाँउपालिकाले जनाएको छ ।

No description available.
सो फेरी १ करोड ७४ लाखमा निर्माणको काम सुन्नदा मष्टेश्वरी निर्माण सेवा सँग सम्झौता भई काम सम्पन्न गरी आजै गाउँपालिकाको वडा न १ र २ मा गाडी पुगेको गाउँपालिकाका अध्यक्ष चिरन्जीबि शाहीले बताएका छन । कणर्ाली नदिमा फेरी निर्माण भई यातायाताका साधान संचालनमा आएपछि स्वामिकार्तिक बासी खुशि भएका छन् । गाडि चढ्न, सामान लिन, बोक्न पनि कणर्ालि तर्नु पर्ने रहेको छ, फेरी बनेपछि यो बाध्यता टर्ने स्थानियले वताएका छन् । फेरी सञ्चालन सँग स्वामिकार्तिक खापर गाँउपालिका सबै वडामा सडक संजाल बिस्तार भईसकेकोले अवदेखी सबै वडामा नियमित यातायात सञ्चालन हुने गाँउपालिका अध्यक्ष शाहिले वताए । स्वामिकार्तिक गाँउपालिका नेपालकै सबै भन्दा बढि गरिब भएको गाँउपालिका हो । गरिब घर पहिचान बोर्डका अनुसार गाँउपालिकामा ७५ प्रतिशत रहेको छ । गाँउपालिका आर्थिक आयआर्जनमा निकै पछाडी रहेको छ । सड्क यातायात जोडिएपछि आर्थिक स्तर बढने स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार