शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अमेरिका र फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

अमेरिका र फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

  • सोमवार, फाल्गुन ३०, २०७८
अमेरिका र फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

काठमाडौँ — अमेरिका र फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ।

डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन्। गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो।

हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ। गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो।दिनेशखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार