बिहिबार, चैत्र १५, २०८०

गजल!

  • आइतवार, फाल्गुन २९, २०७८
गजल!

बांच्नलाई पनि सधैभरी औषधी उपचार हुनुपर्छ
जचाउँनलाई डाक्टर नामको दोकानदार हुनुपर्छ।

लामुछ लाइन भागदौड हुन्छ उस्तै असपत्तालमा,
गेट भित्र पस्नलाई समेत धनको आधार हुनुपर्छ।

नाई त भन्नै मिल्दैन जी जी मात्र भन्नुपर्छ आफुले
धन समेत डाक्टर साहिबले भने अनुसार हुनुपर्छ।

कयौंले बांच्नकै निम्ती सम्पती बेचेको थाहा भयो,
बांच्नको लागी की मन्त्री की राम्रो ब्यपार हुनुपर्छ।

पुंजिबादी ब्यबस्थाभित्र मानवता बिहिन भए सबै,
एउटाको उपचार गर्दा पुरैघर भित्र बिमार हुनुपर्छ।

बिना पैसा त महासय बिषपनि मिल्दैन कुरै नगरौं,
सोझाको मुल्यनैछैन बांच्नकैलागि खुंखार हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार