शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • जाली फटाहाहरुलाई निर्वाचनबाटै ठेगान लगाउन सक्छौँः ओली

जाली फटाहाहरुलाई निर्वाचनबाटै ठेगान लगाउन सक्छौँः ओली

  • शुक्रबार, फाल्गुन २७, २०७८
जाली फटाहाहरुलाई निर्वाचनबाटै ठेगान लगाउन सक्छौँः ओली

धनगढी — एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिएका छन्। उनले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गरे। ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ। महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने।

उनीहरुले जालझेल र तिकडमको सहायतामा सत्ता गठबन्धन अघि बढिरहेको आरोप पनि लगाए। ओलीले नेपालको राजनीति अहिले दुईतिर विभाजित भएको पनि बताए। त्यो मध्ये एकधारको नेतृत्व आफूहरुले गरेको र त्यो देशभक्तिको पक्षमा भएको उनको भनाइ छ। आफूहरु भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, सामुद्रिक मार्ग प्रयोग गर्न पाउने जस्ता विषयमा स्पष्ट रहेको बताए।

अर्को पक्षचाहिँ जाली फटाहाको राजनीतिमा रहेको उनीहरु देश भत्काउन लागिपरेको आरोप ओलीको छ।साभार दिनेशखबर

चर्चामा

सम्बन्धित समाचार