शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • आर्थिक अभाबमा मुटुको रोग पाल्दै २२ बर्षिय मिना

आर्थिक अभाबमा मुटुको रोग पाल्दै २२ बर्षिय मिना

  • शुक्रबार, फाल्गुन २७, २०७८
आर्थिक अभाबमा मुटुको रोग पाल्दै २२ बर्षिय मिना

बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्री आर्थिक अभाबमा रोग पालिरहेकि छन् । २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्यु कुरिरहेकी छन् ।
अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक बर्ष भइसकेको मिनाले वताएकि छन् । मिना सँग ३ बर्षकी छोरी छ, पोइलि घरकाले बिरामी पछि व्यवास्ता गरेपछि आमा तारा खत्री सँग सदरमुकाम मार्तडीमा बसिरहेकी छन् ।
४ बर्ष पहिले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको ३ जुकोटमा बिहे गरेकि थिईन् । बिरामी नहुदा सम्म पोईलीघरमा राम्रो सम्बन्ध थियो, बिरामी भएपछि वास्ता गर्न छोडेको थियो । नागरिकता समेत पोइली घर बाट नबनाई दिएपछि केही महिना पहिला माइती घर बाट बनाएकि थिईन् ।
मिनाका बुवा अतिथि खत्रीको द्धन्द्धकालमा माओवादीले हत्या गरेको थियो । आमा तारा अस्पताल बाजुरामा सरसफाइ गर्ने कर्मचारीका रुपमा छन् । आमाको पैसाले त खानलगाउन पुग्दैन उपचारको त धेरै टाढाको बिषय रहेको मिनाले वताईन् । मिना सँग उपचारको बिषय त धेरै टाढाको कुरा हो, काठमाडौ सम्म जाने गाडिभाडा नभएको वताईन् । मिनाले उपचार हुने आश समेत मारिसकेकी छन् ।
मिना अहिले सहयोगको याचना गरिरहेकी छन् । धेरै ठाउँमा उपचारका लागि हारगुहार गरेको भएपनि कतै बाट सहयोग नभएपछि मर्नुभन्दा अर्को बिकल्प नभएको मिनाले रुदै वताईन् । अहिले पनि छाति दुखिरहन्छ, मुटु पोल्छ दुखाई कम गर्ने औषधि खानलाई समेत पैसा नहुदा अलपत्र रहेकि स्थानिय तुल्क्षा रोकायाले वताईन् । मिना माद्ययामिक तहको अध्यनरतको बेला बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम भएकि थिईन् ।

चर्चामा

सम्बन्धित समाचार