सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • बुढीनन्दाका जेष्ठ नागरिकलाई कम्बल वितरण

बुढीनन्दाका जेष्ठ नागरिकलाई कम्बल वितरण

  • बिहिबार, फाल्गुन २६, २०७८
बुढीनन्दाका जेष्ठ नागरिकलाई कम्बल वितरण

बाजुरा — बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकहरुलाई कम्वल वितरण गरिएको छ । बुढीनन्दा नगरपालिका महिला तथा वालवालिकाका शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ६० वर्ष भन्दा माथिका अति विपन्न गरिब जेष्ठनागरिकलाई कम्वल वितरण गरिएको हो । नगरपालिकाका प्रतेक वडावाट ३ जनाका दरले १० वटा वडाका ३० जनालाई न्यानो कम्वल वितरण गरिएको हो ।

चिसो वाट बृद्धबृद्धा बढि प्रभावित हुने भएकाले बृद्धबृद्धलाई न्यानोको लागि बम्वल वितरण गरिएको उपप्रमुख सृष्टि रेग्मीले बताउनु भयो । उहाँले बृद्धबृद्धाको सम्मानका लागि उनिहरुको जिउ जिवनाको रक्षा गर्नका लागि नगरपालिकाले प्रतेक बर्ष चिसो मौसममा कम्वल वितरण गर्दै आएको र यस वर्षपनि वितरण गरिएको बताउनु भयो । हामी बुढाबुढीको लागि पनि सोचिदीने नगरपालिकाका जनप्रतिनिधि रहेछन वडा नं. ४ का मानशिंह वोगटीले भन्नुभयो । उहाँले चिसोमा रातभरि कठ्याग्रीयर बस्नु पर्ने बाध्यता हटेको भन्दै नगरपालिकाले कम्बल दिएको प्रति खुसि ब्यक्त, गर्नुभयो । वडा अध्यक्षले आज कम्बल दिदैछौ भन्नुभयो, म निकै खुसि भए उहाँले भन्नुभयो, खुसिका साथ कम्बर दिनका लागि आज नगरपालिकामा आए । हाम्रा लागि यति सहयोग गरिदिने सबैले धन्यबाद छ । हातमा बम्वल लिदै अर्कि बृद्ध बाटुली ल्वारले अव चिसो मौसमा सजिलै रात काट्न सकिने बताउनु भयो । उहाँले चिसोमा आगो तापेर बस्ने गरेका थियौ अव नगरपालिकाले कम्बल दिएको छ आजवाट कम्बल ओडेर आरामले सुत्न सकिने भन्दै खुसि ब्यक्त गर्र्नुभयो । उहाँहरु मत्र हैन नगरपालिकामा कम्बल लिन आएका सबै बृद्धबृद्धा खुसि देखिएका छन ।

कम्बल वितरण कार्यक्रममा बोल्दै वडा नं. ४ का वडा अध्यक्ष राजन कुमार रोकायाले जेष्ठनागरिकको सम्मान गर्नु नै आफ्नो कार्यकालको उपलब्धी भएको बताउनु भयो । उहाँले बृद्धबृद्धाको आर्शिवाद नै यूवाहरुको लागि महत्वपुर्ण हुने बताउदै बृद्धबृद्धाको सुरक्षाको लागि सबैले लाग्नु पर्ने बताउनु भयो । कार्यक्रम महिला तथा वालवालिका शाखा प्रमुख गंगा गिरीको अध्यक्षतामा संचालन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार