शुक्रबार, बैशाख ७, २०८१

गजल!

  • बुधबार, फाल्गुन २५, २०७८
गजल!

सम्झिन सिक्न भन्दापनि अराउँन सजिलो हुन्छ,
जनताको बिच नेता बनेर कराउँन सजिलो हुन्छ।

भाषन धेरै गर्छन बनिबनाउ त्यो मञ्चपाए देखी,
शंघर्षको बाटो छोप्नु भन्दा डराउँन सजिलो हुन्छ।

हामी अब सुःख भोगी हुँदै गएको खरोखाशनै हो,
आफै लाई मोज मस्ती मन पराउँन सजिलो हुन्छ।

त्याग बलिदान त कोहीराको काग भए झैं लाग्यो,
सबैलाई घरमा धनसम्पत्ती भराउँन सजिलो हुन्छ।

हेर्दै आएकाछौं त्यसैले भन्छौं क्रान्तिकारी गफले,
आफु मन्त्रीबन्न आर्कालाई मराउँन सजिलो हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार