बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका मिडिया हाउस द्धारा महिला दिवसको अबसरमा बिपन्न महिलालाई सहयोग

बडिमालिका मिडिया हाउस द्धारा महिला दिवसको अबसरमा बिपन्न महिलालाई सहयोग

  • मङ्लबार, फाल्गुन २४, २०७८
बडिमालिका मिडिया हाउस द्धारा महिला दिवसको अबसरमा बिपन्न महिलालाई सहयोग

बाजुरा–१ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा स्वामकार्तिक खापर गाउँपालिका १ बस्ने ७१ बर्षिय जन्मा दमाइलाई सहयोग गरिएको छ । बडिमालिका मिडिया हाउसले जन्मालाई चामल, दाल, नुन, कम्बल, लगाउने लुगाकपडा सहयोग गरेको हो ।
महिला दिवसको अबसरमा अमेरिका बस्ने छला खनालको सहयोगमा खाद्यन्न र पोखरा बस्ने शारदा गौतमको सहयोगमा लुगाकपडा किन्नमा सहयोग गरेको हो । बडिमालिका खबरको टिम रुढि गाउँमा पुग्दा जन्मा दमाइले शरिरमा लगाएको फाटो लुगा सिलाइरहेको भिडियो सार्वजनिक गरेपछि उनलाई सहयोग जुटेको हो ।
सहयोग पाएपछि जन्मा दमाई निकै खुशी भएकि छन् । भिडियो निकै हृदय बिदारक थियो, थोरै भएपनि लुगाकपडा किन्न सहयोग गरेको समाजसेवी शारदा गौतमले वताएकि छन् । अमेरीका बस्ने छला खनाले केही दिनका लागि भएपनि बुढी आमालाई सहयोग गरेको वताईन् । खनालले यो भन्दा पहिला पनि बाजुरामा समस्या परेकालाइ सहयोग गरिरहेकी छन् । महिला दिवसमा थोरै भएपनि सहयोग गरेको उनले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार