शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अंग्रेज भित्रिने कम्युनिष्ट बाहिरेने हुनसक्छ!

अंग्रेज भित्रिने कम्युनिष्ट बाहिरेने हुनसक्छ!

  • आइतवार, फाल्गुन २२, २०७८
अंग्रेज भित्रिने कम्युनिष्ट बाहिरेने हुनसक्छ!

सुरेशकुमार पान्डे — एम सीसीलाई “ब्याख्यात्मक टिपप्णी”भनेपनि अब जेसुकै भनेपनि प्रचण्डले गरेको देश र जनता सँग स्वायम आफ्नै कार्यक्रता सँगको गद्धारीले उन्को सिर बांचुञ्जेल सम्म निहुरिने पक्कापक्कैछ।
देशमा आएको इण्डोन फ्यासिफ रणनीतिले चीनलाई त घोर्न सक्छ कि सक्दैन त्यो भन्न गारोछ तर नेपाल बाट कम्युनिष्ट भने बिस्तारै लखेटीदैं जाने पक्का पक्किछ।
अब एम सीसीका दलालहरूले कम्युनिष्टको नाम बदलरेर बाबुरामले जस्तै कुनै नौलो राख्नुपर्नेछ।किन कि अब कम्युनिष्टको लोगो ओडेर यि कथित कम्युनिष्टहरू लामुसमय सम्म देशभित्र बस्न सक्नेछैनन्।
एउटा क्रान्तिकारी कम्युनिष्टले त टाउकामा कात्रो बांधेको हुन्छ उस्लाई थाहाछ एक न एकदिन त मर्नेनैहो तर यि एम सीसीमा दलालिगरेर डालर जम्मागरेकाहरूलाई समस्य पर्नेछ।यिनले देशलाई खरानी पारेर भएपनि आफ्नो ढुकुटी भरेकाछन कहिलैई नमर्ने अद्मरी ठानेर आफुलाई त्यसले गर्दा अब उनिहरूलाई देशभित्र बस्न गारो हुनेछ।
अब न त जनताले कम्युनिष्टहो भनेर पताउँछन न अमेरिकी साम्राज्यबादले कम्युनिष्ट होइन भनेर पताउँनेछैन यि दलालहरूको बिजोग हुनेभयो।बिचरा अब एकातिर जनताले भोकुण्डो बनाउँने आर्को तिर अमेरीकाले ठोक्ने गर्नेछ।
अहिले उनिहरूले गरेको गलतीलाई सच्याउँन राजमो लगायत आठ दलहरूले सक्रिय संघर्ष गर्दैछन।देशभरीका जनताले एमसीसी अमेरिकन मिलेनियम च्यालेञ्जर कार्पोरेसनको बिरोधमा देशभरी बिरोध गरे त्यो मात्रैहोइन बिदेश समेतामा बिरोधजनाए तर पनि सरकारमा बसेका कांग्रेस सहित चार दलले एम सीसीलाई पास गरे।ति लाल गद्धारहरूले प्रतिपक्षमा मौन बसे एमाले नेपाली कांग्रेस र प्रचण्डहरू मुख्य दोशीहुन।
यिनिहरू जनताका र देशका पनि दुश्मनहुँन भन्नेकुरा अहिले उनिहरूको भूमिकाले प्रष्ट पारेकोछ।अहिलेको यो एम सीसीलाई भित्राएपछि एउटा कुरा यो प्रष्टैछ आउँने दिनहरूमा वामपन्थि शक्तिलाई ठुलो संकट पर्नेछ।अमेरिकन साम्राज्यबाद देशभित्रिने र देशका कम्युनिष्टहरू देशबाट बाहिरिने अबस्था न होला भन्न सकिदैन।”अमेरिकी साम्राज्यबाद जुन देशमा प्रवेश पायो त्यो देशमा कालो बादल छायो।”जुन देशमा पनि अंग्रेजहरू पुगे त्यो देशलाई या त उनिहरूले आफ्नो गुलाम बनाए वा त्यो देशलाई तबाह पारे।संसार भरिका देश जँहा अंग्रेज प्रवेश भयो त्यो देशलाई त्यसको इतिहाशलाई अध्यायन गरेपछि त्यो प्रष्ट सँग बुझ्न सकिन्छ।स्वायम हाम्रो छिमेकी देश भारतमा एउटा कम्पनि”इष्ट इण्डिया”भित्रिंदा एउटा सामन्य ब्यापारी बनेर भित्रिएको थियो।तर त्यो ब्यापारीले तिन सए बर्ष सम्म भारतको बिछा छाडेन।अंग्रेजी हुकुमतले भारतका जनताहरूलाई गुलामबनाएर उनिहरूको रगत र पसिनामा पौडियो।उनिहरूको त्यो साशनलाई फ्यांक्न भारतका जनताहरूले लगातार एक सए बर्ष सम्म बलिदानी पुर्ण शंघर्ष गर्नुपय्रो।भारतका जनतामात्रै होइन नेपाली विरहरूलेपनि आफ्नो रगत र पसिना बगाएर भारतलाई आजाद गराउँन मद्त गरेकाहुँन।अंग्रेजले भारतलाई जातिय आधारमा लडाएर भारतका दुई टुक्रा पारेको थियो जो अहिलेपनि उनिहरू बिचको झग्डा सकिएकोछैन।पूर्वी पाकिस्तान पछि भारतकै सहयोगमा टुक्रिएर बांग्लादेश बन्यो तर लडाइ जारिनैछ।अफगानिस्तानलाई त्यँहाको सरकार अदस्त पारेर आफ्नो कट्पुतलि सरकार बनायो।त्यो सरकारको बिरोधमा दुई दशक सम्य अफगानि जनता लडेका थिए कैहि मैना पइले मात्र अमेरिकालाई भगाउँन सफल भएकाथिए।इरान इराक आदी सबैदेश अंग्रेजहरूको सिकार भएकाछन।हाम्रो देशमा पनि अंग्रेजले घुसेर देशका जनता र अंग्रेज को बिरोधमा लड्नु परेको थियो।खलङ्गाको नालापानी युद्ध त्यसै सँगको थियो।जस्ले हाम्रो जमिन संग हाम्रै सन्तान खोसेर सुगौलीमा सन्धि गर्न बाध्य गरायो।यि र यस्ता कयौं उधारणहरूछन दुनियाँ भरिमा।अंग्रेजी हुकुमतका कयौं उधारणहरूले गर्दा अमेरिकि साम्राज्यवाद बद्नाम भयकोछ।रुख र शर्यूयमा छाप हान्नुअघि एकपटक सोंच्ने कि मित्र ?
सटिक भ एपनि यो पनि पढौँ।
नेपाली कांग्रेसले एमाले र उसको नेतृत्वमा बिगतमा गरिएको संन्धि सम्झौताहरु मध्य केही निम्नाअनुसार पनिछन।
१राष्ट्रघाती एम सीसी(पास) सम्झौता -शेरबहादुर देउवा , प्रचण्ड , माधब , बाबुराम , गगन , उपेन्द्र , महन्त आदी र केपि शर्मा ओली पनि उत्तिकै जिम्मेवारछन।
२टनकपुर महाकाली सम्झौता(बेचुवा)- शेरबहादुर देउवा,के पि शर्मा ओली आदी ।
हुलास मोटर्स ,मु्स्ताङ गाडी कारखाना बन्द गराउनु(बेचुव)-शेरबहादुर देउवा।
३अहिले पेट्रोल भाउ उच्चतम रू१५०/- दलाल -शेरबहादुर देउवा
४ट्रलिबस सेवा बन्द गराउनु (बेचुवा )-शेरबहादुर देउवा
५नेपालमा भएको चुरोट कारखाना बन्द गरेर मासिक अर्बौको चुरोट भारतबाट आयत गराउनु पनि शेरबहादुर देउवा
६चप्पल जुत्ता कारखाना बन्द गराउनु (बेचुवा) -शेरबहादुर देउवा।
७ चिनी उधोग चितवन बन्द गराउनु(बेचुवा) -शेरबहादुर देउवा
८भृकुटी मन्डलका कागज उधोक बन्द गराउनु(बेचुवा)- शेरबहादुर देउवा
९कालापानी ,लिपुलेक ,लुपियाधुरा(बेचुवा)-शेरबहादुर देउवा र के पि शर्मा ओली।
१०चुच्चे नक्सापनी गायब(बेचुवा)-शेरबहादुर देउवा र केपि शर्मा ओली।
११कोशी सम्झौता- स्व. मातृका प्र. कोईराला।
१२गण्डक सम्झौता- स्व. वि. पि कोईराला।
१३कालापानी मा भारतिय सेना राख्ने सम्झौता- स्व. वि.पि. कोईराला।
१४सान्ति सेना हातहतियार सम्बन्धी सम्झौता- स्व. वि. पि. कोईराला ।
१५माथिल्लो कर्णाली- स्व. गिरिजा प्र. कोईराला।
१६पस्चिम सेती- स्व. गिरिजा प्र. कोईराला ।
१७अरुण तेस्रो – स्व. गिरिजा प्र. र स्व. सुसिल कोईराला ,
१८बिप्पा भित्राउँने डा.बाबुराम भट्टराई,
१९ देशमा संघियतालाई चोर ढोका बाट देशभित्राउँने यिनै आठदलहरूको शयुँक्त अन्तरिम सरकार।
– नेपाललाई संयुक्त रास्ट्रसंघको सदस्य बनाउने काममा अवरोध ।
– २००९ सालमा इन्डियन सैनिक मिशन आमत्रण
– नेपाल उत्तरी जिल्लाहरुको १८ स्थानमा इन्डि यन सैनिक चेक पोष्टहरु स्थापना
– लाउदा , धमिजा काण्ड
– इन्डियनको योजनामा जहाज अपहरण गरेर ३०लाख लुट
– यिनकै पालामा दास ढुङ्गा र राज दरबार हत्याकाण्ड भयो।
यनै बिदेशका दलालहरूले गर्दा आज देशको यो दुरगतीछ।देशभित्र नौलोजनविजनवादी क्रान्तिलाई तुवाएर महान कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने बाबुराम भट्टराई र प्रचण्ड लगायतका नेताहरू जिम्मेवारछन त्यो कथित जनयुद्धले देशका यथार्थमा क्रान्तिको उदेशय बोकेका हजारौं हजार युवाहरूलाई मरिएर नौलो जनवादी क्रान्तिलाई पछि ढेकलेकोथियो।अहिले यिनै कथित कम्युनिष्टहरूले देशबाट कम्युनिष्टलाई लखेट्न साम्राज्यबादीहरू संग सांठगाठ गरेकाछन।यिनका धेरै काला कर्तुतहरू भेट्टिन्छन खोज्दै जानेहोभने।
देशका ठुला राजनीतिक पार्टीहरू धेरैजसो बिदेशीको इसारामा देशभित्रको महान क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई सखाफ पार्ने सुपारी खाएकाछन ती कथित कम्युनिष्ट हौन वा प्रतिकृयावादीहरू जो सुकैभयपनि यि देशका सौदागर क्रान्तिका दुश्मन जनताका गद्धारहरू नै हुन र यिनैले गर्दा अहिले एमसीसी भित्रिएकोछ र भबिस्यमा कम्युनिष्टहरू बाहिरिनेछन।

चर्चामा

सम्बन्धित समाचार