बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एम सीसीलाई पारित गर्ने दलालहुन!

एम सीसीलाई पारित गर्ने दलालहुन!

  • शनिबार, फाल्गुन २१, २०७८
एम सीसीलाई पारित गर्ने दलालहुन!

सुरेशकुमार पान्डे — कतिपय पत्रिकाहरू र ओनलाइन समाचारहरूमा ए माओवादीका प्रचण्डलाई हिरो बनाउँने कोसिश गरिएकोछ “एकिकृत माओवादीको सही बिचारले देशमा एमसीसी ब्याख्यत्मक ढंगबाट लागुहुँने भनिएकोछ”यो आमाजनतालाई छक्काउँने खेलहो।वास्तबमा एमसीसी पारित गराउँनेहरूमा अग्रिम पंक्तिमा प्रचण्डको हातछ।प्रचण्डले आफ्ना कार्यक्रताहरू सँग समेत झुठ बोलेकाछन र महाधिबेशनको निर्णयलाई समेत उछुनेर एमसीसी पारित गराउँन सफल भएकाछन।जनताहरूको बिचमा जे सुकै भनेता पनि उन्को उदेश्य एमसीसीलाई पारित गराउँने थियो।उनि मात्रैहोइन कयौं नेता
नेपाली कांग्रेसका अधक्ष शेरबहादुर देउवा,डा.बाबुराम भट्टराई,एमालेका केपि शर्मा ओली लगायतका कयौं कथित दिग्ज नेतारू अमेरिकी साम्राज्यबादका दलाल र देशमा भ्रष्टचारका नाइकेहुँन भनेर बुझ्नुपर्छ।
यो पंक्तिकारले लगातार लेख्दै आएकोछ यँहा एमसीसी पारित गर्ने कि नगर्ने कुराहरूको झग्डानै होईन बरू एम सीसीको जस कस्ले लिने भन्नेबारे मात्र उनिहरूको बिचको झग्डाहो।उनिहरूले सुरू देखि अमेरिकाको दलाली गर्दै आएको कुरा जगजाहेरछ मात्र मौकाको तलासमाछन।”भन्दै आएको थिएं जो समयले मेरो सहि बिष्लेशण भएको प्रमाणित गय्रो।जनताले ठिक समयमा यिनै नेताहरूको बिचार र शड्यन्त्र बुझ्न सकेनन् जनताले मात्रा होइन कतिपय राजनीतिक कर्मि र बुद्धीजीवी र लेखक समेतले उनिहरूको चाल बुझ्न नसक्दा एमसीसी बिरूद्धको आन्दोलन प्रभावकारी हुन सकेन जनताले साथ नदिएको होईन बरू ति दलहरूका कार्यक्रताहरूमा परेको भ्रमले गर्दा दोरो भुमिका अप्नाएको थाहा नपाएर उनैको पछि लागेका हुन।अब सरकारले एमसीसीलाई पारित गरेपनि त्यसलाई लागुगर्न त्यति सझिलो पनि हुनेछैन भोली एमसीसीलाई खारेज गर्ने माग सहित कतिपय राजनीतिक दलहरूले बिशाल बिरोध प्रदर्शन राखेकाछन।एम सीसीका दलाल हरूलाई दनक दिन कालागि यो कार्यक्रममा जनताहरूको ब्यपक समर्थन रहनेछ।
सम्पुर्ण देशभक्तहरूमा MCC सम्झौतामा गरिएको राष्ट्रघात र जनघातका बिरूद्द आज हुन गैरहेको बिशाल जनप्रदर्शन सहित खुलामञ्चमा हुने विशाल सभमा सम्पुर्ण जन समुदायमा सहभागीताका लागि हार्दिक अनुरोध समेत गरिएको थियो।
यो बिरोध प्रदर्शनले देशको आगामी परिस्थितीलाई कुन दिशा डोराउँनेछ त्यो हेर्न बांकिनैछ।
स्थान:-खुल्लामञ्च काठमाडौं, समय:- दिउसो १२ बजे बाट सुरू भएको थियो।
यो बिरोध सभामा आठ दलका नेताहरूले भाग लिएका थिए।
वक्ताहरु:-
१)क .नेत्रबिक्रम चन्द (विप्लव)
२) क.चित्र बहादुर केसी
३)क.डा:भिम रावल
४)क.नारायण काजी श्रेष्ठ
५)क. झलनाथ खनाल
६)क.राम प्रकाश पुरि
७)क.मोहन वैध किरण
८)क.सिपि गजुरेल
९) क.आहुति
१०)क.कर्णजित बुढाथोकी
११)क.ऋषि कट्टेल
अहिले देशलाई जोगाउँने अबिभारा बोकेका उपरोक्त प्रभावशाली नेताहरूले एमसीसीको बारेमा बारमबार शंघर्ष गर्दै आएको जगजाएरछ।जनताले कहिले नमागेको बिषय आईलागेको अबस्थामा यस्को बिरोधमा जन सागर ओर्लिएकोछ।सरकार र विपक्षले साम्राज्यबादको दलालिगर्ने प्रवृतिको भण्डाफोर्डमा जुटेका यिनै नेताहरू अब फेरी देशलाई जोगाउँन अगाडी बढेकाछन र जनताको सहयोग पनि यिनैलाई मिल्नेछ।
हाम्रो देशका भ्रष्ट र बिदेशीका दलाल नव लैण्डुपहरू डा. बाबुराम भट्टराई जस्ले २०६८साल देखि बिदेशीको चाक्रि गर्दै आएकाछन अहिले देशबाट बुढापा पेन्सिन समेत खारिजिको मागगरेकाछन।यि जनताका दुश्मन देशका गद्धारहरूलाई आउँने दिनमा जनताले पाखा लगाउँनेछन।शेरबहादुर देउवा कांग्रेसको अधक्ष तथा देशको प्रधानमन्त्रीको जस्तो गरिमामय पदमा बस्ने उन्लाई कुनैपनि नैतिक अधिकार छैन।जस्ले आफ्नो देशलाई बिदेशीको हातमा राख्यो त्यो देशको प्रधान मन्त्री होईन प्रधान दुश्मनहो भनेर बुझ्नुपर्छ।देशलाई अफगान बनाउँन उन्ले कसर छाडेकाछैनन्।
अर्का के पि शर्मा ओली जस्ले कम्युनिष्टको लोगो भिरेर अमेरिकाको दलाली गरेकाछन त्यो मात्रहोइन देशलाई बन्दगी राख्न दुई तिहाईको सरकार र संसद बिघटन गरेर आफैले पनि दलालिमा अब्बल परिचय दिएकाछन।
उस्तै पुस्पकमल दहाल जस्ले नयांजनवादी क्रान्तिको नाउमा सत्रहजार नेपाली जनतालाई मराएर उनैको रगतमा साशन गर्न सफल भएकाथिए।अहिले उनैले गर्दा सरकारले एमसीसीलाई पारित गर्न सक्यौ यिनै देशद्रोह्रीहरूले देशलाई नरक बनाएकाछन।
यिनि चारजनालाई देशले कुनैपनि अबस्थामा माफि दिनेछैन।
देशका जनताहरूले आउँने दिनहरूमा आफ्नो ताकत जनाधिकारको स्तिमाल (प्रयोग)गर्दै बद्लालिनेछन्।अहिले कतिपय आफ्ना झोले र कटपुतलीहरूलाई आफ्नो कमजोरीमा पर्दाहाल्न बिभिन्न नाटक रचन लगाएकाछन।ब्याख्यात्मक छलफल गरेर एमसीसी लागुगर्ने जस्ता गलत प्रचार गराएर आफ्नो महाधिवेशनले लिएको निर्णय सम्मलाई लत्ताएर कार्यक्रतामा भ्रम दिन धेरै कसरत गरेपनि प्रचण्डको अनुहार उदाङ्गिएकोछ।उनिहरू देशका महान दुश्मन हुन भन्नेकुरा यिनिहरूका ब्यबहारले छर्लङ्गैपारेकोछ।
अहिले देशमा राष्ट्रिय जनमोर्चाले राष्ट्रिय हितमा लगातार आवाज उठाउँदै आएकोछ।संघियता र यो कथित अनुदान एमसीसीलाई सुरूदेखुन राजमोले बिरोध र यसका दुशपरिणामहरू बाट सबैलाई सजग पार्दै आएकोछ।तर राजमोलाई बद्नाम गर्न कयौं ब्याक्तिहरू उनै एमसीसीका दलालनेताहरूको इसारामा अगाडी सरेकाछन।
का.चित्रबहादुरले लगातार संघियताको बिरोध गर्दै आएको कुरा कसैबाट लुकेकोछैन र अहिले एमसीसीको लगातार बिरोध गर्दै आएकाछन राजमोलाई बद्नाम गर्नेहरू यात बिदेशका दलाल हुँन वा राजमोको कृयाकलापलाई राम्रैगरी नियाल्न र बुझ्न सकेकाछैन्।आजपनि हाम्रो आन्दोलन जारीछ र संघियताको र यो राष्ट्रघाती एमसीसीको खारेज गर्न आन्दोलन अगाडी बढेकोछ।

चर्चामा

सम्बन्धित समाचार