बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • स्थानीय निर्वाचन बारे!

स्थानीय निर्वाचन बारे!

  • शुक्रबार, फाल्गुन २०, २०७८
स्थानीय निर्वाचन बारे!

सुरेशकुमार पान्डे — अहिले सरकारले थ्रेशहोल्ड जस्तै सिस्टम बनाएकोछ राजनीतिक पार्टीहरूलाई त्यहि अनुसार दर्ता गरेर स्थानीय निर्वाचनमा जाने योजना अनुसार अहिले सम्म
आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ गतेसम्म दिएको समयासिमाभित्र दल दर्ताको आव्हान गरेकोमा ८० दलले नाम दर्ता गराएकाछन भनेर चुनाव आयोगले बताएकोछ।
अहिले स्थानीय चुनावलाई नियाल्दा पहिलेको भन्दा धेरै फरक देखिन्छ अहिलेको एउटा वार्ड भनेको पहिलेको एउटा गाबीस जत्ति झण्डै ठुलोछ।त्यसकारणले एउटा वार्डलाई चुनाव जित्नुभनेको सानो तिनो कुरा पनि होईन।त्यो भन्दा पनि आर्को जटिल पश्न केहो भने अहिलेको यो अबस्थामा जनताको माझमा गएर उनिहरू सँग भोट माग्न त्यती सजिलो कुरापनि रहेन।देशभित्र अहिले एमसीसी पारित गर्न जनताको मनोभावनालाई कुल्चेर जबर्जस्ती त्यो बिदेशीको इसारामा एमसीसीलाई सरकारले पारित गर्यो।यस्ले के देखाउँछ भने अहिलेको जनताको माझमा सरकारमा रहेका ब्याक्तिहरूलाई पुग्न त्यत्ती सजिलो पनिछैन।अमेरिकन साम्राज्यवादको इसारामा सरकारले जुन एम सीसीलाई जनताको बिरोधका बाबजूद पारित गय्रो यसले गर्दा उनिहरूबाट जनता आक्रोसमाछन।सरकारी पक्षले गरेको राष्ट्रघातले गर्दा देशलाई अहिले सम्मको सबैभन्दा जटील र सम्बेदनसिल घुम्तिमा पुराएकाछन।
कतिपयले त्यसलाई ठिक सँग बुझ्न नसक्दा अपरिपक्क राजनीति बिष्लेषण गरेर धानखाने मुसो र जोटपाउँने भेगुता समेत गराउँन जोडलगाएकाछन।राजमोले एमसीसीको बिरोध गर्दै आएकोछ तर पनि कतिपयले राष्ट्रिय जनमोर्चालाई गठबन्धनमा भागलिएको रिस पोखेकाछन अहिले भएको एमसीसी पारितमा राजमो समेत सामिल भएको तर्क ल्यायर राजमोलाई बद्नाम गर्ने दुशप्रयास गरिएकोछ।एउटा सच्चा देशभक्त जसले आफ्नो ब्याक्तिगत र पार्टीगत स्वार्थ समेतलाई छाडेर देश र जनताको पक्षमा लगातार संघर्षश गर्दै आएको पार्टीलाई बद्नाम गरेर बढी क्रान्तिकारी हुँन खोज्नु भनेको गैर राजनीतिक दृष्टिकोणहो।जसले देशको र जनताको हित भन्दा दलाल र प्रतिगमनकारी शक्तिलाई फाईदा पुग्छ।
त्यो ठिक होइन दोशिलाई कार्वाहीको घेरामा ल्याउँने र निर्दोश र देशभक्तलाई त्यो अभियानमा सामिल गर्ने प्रयास हुँनुपर्छ।अहिले तत्तकाल नजिकै आएको स्थानीय
चुनाव भनेको एउटा कार्न्तिकारी ब्याक्ति वा संगठन र पार्टीको लागि गौंण बिषयहो तरपनि स्थानीय रूपमा हुँने भ्रष्टचारलाई रोक्ने माध्यामपनि यहि स्थानीय निर्वाचनहो।
स्थानीय स्तरमा हुँने भ्रष्टचारलाई रोक्नका लागी क्रान्तिकारी पार्टीहरूले स्थानीय चुनावमा भागलिनुपर्छ तर आफ्नो जीतलाई जीवन मरणको प्रश्न बनाउँनु भने ठिकहोईन।देशमा स्थानीय तह देशको जगहो स्थांनीय तहमा स-साना भयपनि अधिक बाक्लो भ्रष्टचार हुँनेगर्छ।हामिले भ्रष्टचार मुक्त गाउँ सहर बनाउँनको लागी यो स्थानीय चुनावलाई उपयोग गर्नुपर्छ।
हुँन त चुनावलाई कार्यनैतिकरूपमा हेर्नेहरूले चुनावमा भागलिन र नलिनपनि सकिन्छ त्यो अबस्थामा पार्टीले जुन बिषयले देश र जनताको र पार्टी संगठनको फाइदा पुग्छ त्यहीअनुसार चुनावलाई बहिस्कार गर्नेकी भागलिने भन्नेकुरा पार्टी संगठनले बुझ्ने कुराहो र त्यही आधारमा कार्यक्रम बनाएर अगाडी बढ्नुपर्छ।अहिलेको अबस्था र भोलि आईपर्ने अबस्था आर्कै हुनसक्छ त्यसकारणले चौबिस घन्टाभित्र पनि पार्टी वा संगठनले चुनावको नीतिलाई बदल्न सकिन्छ।चुनाव लाई सधैभरी नकारत्मक रूपमा बुझ्नु र बुझाउँनु दुबैगलत नीतिहो।अहिलेको अबस्थामा चुनावलाई सदउपयोग गरेर भबिस्यको लागी क्रान्तिको आधार तैयार पार्नुपर्छ।
एउटा क्रन्तिकारी पार्टीले कुन पार्टी सँग सहकार्य गर्ने,तालमेल गर्ने कार्यगत एकता गर्ने भन्नेबारेमा पनि पार्टीको फाइदा कसरी हुन्छ,देशको हित कसरी हुन्छ।राष्ट्रियता गणतन्त्र र जनजीवीकाको हित कुन बिधी अप्नाएपछि हुन्छ त्यो अबस्थामा सामन्य बैठक वा भेलालेपनि तय गरिन्छ।
कतिपयले मेरोगोरूको बाह्र टक्का भन्दैमा त्यो हुनेछैन यो सयुँक्त रूपमा निर्णय गरेर कार्यक्रमको तजूर्मा गरेर मात्र ब्यबहारमा ल्याउँनुपर्छ।हामिलाई स्थानिय चुनावको बि.स.२०५९साल देखिको अनुभव पनिछ।तर बिगतको भन्दा पनि अहिलेको निर्वाचन त्यती सजिलो होला जस्तो भने मलाई लाग्दैन।अहिले सरकारको गलतनीतिका कारण देशको अबस्था झनपछि झन तरल र जटिल बन्दै गयकोछ।
बिगतको संसदिय निर्वाचनमा कथित ठुला पार्टीहरूले साना पार्टीहरूलाई पाखा लगाउन थ्रेशहोल्ड अप्नाएको थियो त्यही रूपमा अहिलेपनि सरकारले देशका राजनीतिक पार्टीहरूलाई त्यहि घेराभित्र राखेर पञ्छाउँन खोजेकोछ।
यो परिस्थितीको सामना गर्दै स्थानीय निर्वाचनलाई सहिरुपमा उपयोग गरेर भ्रष्टचारी घुसखोर कालाबजारीको हातमा स्थानीय तह जानबाट रोक्नकालागी स्थानीय निर्वाचन उपयोग गर्नुपर्छ।साथै पार्टी संगठनले सके सम्म वामपन्थि बिचारधाराका मित्रशक्तिहरू सँग एकता गरेर जान सके त्यो सबैभन्दा भढि उपयुक्त र सकारत्मक बिषय बन्नेछ।पहिलेको स्थानीय निर्वाचन बाट पाठ सिकेर हामीहरू आगामि चुनावमा भागलिनुपर्छ।अहिले सरकारले एम सीसीलाई पारित गय्रो भन्दैमा हामिले त्यो एमसीसीलाई ठिक हो भनेर होईन बरू त्यसको बिरोधमा देश ब्यापि आन्दोलन गरेर जानुपर्छ।संसदिय ब्यबस्था ल्यायको पनि जनतालेहो र यो ब्यबस्थालाई उखेलेर फाल्ने शक्तीपनि जनतानैहो।अहिले एमसीसीको बिरोध गरेर अमेरिकी साम्राज्यबाद र तिनका दलालहरूको भण्डाफोर्ड गरेर जानुपर्छ।देशमा जो जति गलत नीति पारित हुन्छन त्यहि अनुपातमा जनता आन्दोलित हुनेछन किन भने मुठ्ठिभर ठुला पार्टीका नेताहरूले साम्राज्यबादीहरूको दलाली गरेता पनि देशका जनताहरूले यो देशलाई जोगाउँने हिम्मत राखेका हुन्छन।देश जनताको हो केहि दलाल नेताहरूको मात्रैहोइन त्यसैले हामी आगामी स्थानीय निर्वाचनमा राष्ट्रियता गणतन्त्र र जनजीवीकाको पक्षमा आन्दोलित भएर जनताको माझमा पुग्नैपर्छ।भ्रष्टचारीहरू,देशमा बसेका बिदेशीका दलालहरूलाई अगाडि बढ्नलाई रोक्ने भनेको स्थानीय तहको निर्वाचननैहो।
हामिले नौलोजनबादी क्रान्तिको आधार तैयार पार्ने माध्याम पनि स्थानीय निकाहंहो त्यसैले स्थानीय निर्वाचनलाई उपयोग गरेर जनतालाई शंघर्षको बाटो देखाउँन अगाडी बढ्नु आर्को विकलप छैन।कतिपय साथिहरूले अब एमसीसीको बिरोध गर्नुको अर्थछैन त्यो पास भै सक्यो भनेर प्रचार गर्दैछन त्यो नीति ठिकहोइन एम सीसीको बिरोधमा ब्यापक जनमतछ र त्यसले सरकार वा अमेरिकी साम्राज्यवादीलाई नाङ्गो हश्तक्षेप गर्न रोक्नेछ।हामीले संघियता र एम सीसीको खारेजीको मागलाई लिएर शंघर्ष गर्दै जानुपर्छ।

चर्चामा

सम्बन्धित समाचार