शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • बिहिबार, फाल्गुन १९, २०७८
गजल!

ब्याक्तिगत स्वार्थ पुरागर्ने राजनीति भएपछि,
नेताहरूको ब्यबहार समेत वे-थिती भएपछि।

देश अनि जनताको समस्य बढ्नथाल्यो झनै,
महंगी र भ्रष्टचार देशमा जातिबिती भएपछि।

एकपल्ट जीतेपछि फर्केर जांदैनन् गाउँघरमा,
जान्छन तब चुनावको निश्चित मिती भएपछि।

देशको बिकाश नहुँने कारण त यो पनि होला,
बिदेशीको दलाली गर्नेनै पुरानो रिति भएपछि।

जसले दुनियां लुटेर महाशक्ती बनेकोछ आज,
जोगिन्न स्वाभिमान अब उसैको गीती भएपछि।

जनता जुर्मुराउँने छन उठ्नेछ जनसागर फेरी,
देशरहन्न बेलेन्समै फरक अलिकिती भएपछि।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार