शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए

युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए

  • बुधबार, फाल्गुन १८, २०७८
युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए

काठकाडौं — रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ ।

युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभसहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ जना मारिएको उक्त शहरमा गभर्नर ओले सिनेहुबोभले बताए । एक सय १२ जना घाइते भएको पनि उनको भनाइ छ ।

यता किभएको टेलिभिजन टावरमा आक्रमण हुँदा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । टेलिभिजनको कन्ट्रोल रुम र पावर सबस्टेशनलाई रुसी सेनाले लक्षित गरेको अधिकारीहरूको भनाइ छ । त्यस्तै, युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले जाइटोमिर शहरको मानव वस्तीमा क्रुज मिसाइल प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

‘हालसम्म एक बालकसहित चार जनाको मृत्यु भएको छ’, गृह मन्त्रीका सल्लाहकार एन्टो हेराशचेन्कोले भने । रुसले हमलाको सातौं दिन खार्किभमा प्यारासुटमार्फत् विशेष फौज ओरालेको युक्रेनको सेनाले जनाएको छ ।

रुसका प्यारा ट्रुपर अवतरण भएपछि लडाइँ सुरु भएको बताइएको छ । झण्डै १४ लाख जनसंख्या भएको उक्त शहरलाई रुसले बिहीबारदेखि नै निशाना बनाउँदै आएको छ ।

यसैबीच, रुसी सेनाले दक्षिण युक्रेनस्थित खेर्शन शहरलाई कब्जा गरेको बताएको छ । तर शहरका स्थानीय अधिकारीले कब्जा नभएको तर रुसी सेनाको घेराबन्दीमा परेको बताएका छन् । अलजजिराबाट

 

चर्चामा

सम्बन्धित समाचार