मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • मङ्लबार, फाल्गुन १७, २०७८
गजल!

जतापनि आ आफ्नो स्वार्थ मात्रै खाली हुन्छ,
हो छर्लङ्गै देखाउने त्यही फाटेको जाली हुन्छ।

मान्छेको स्वार्थ लुकाए पनि कहाँ लुक्छ मित्र,
मान सम्मान र वेलावेला खोजेको ताली हुन्छ।

यत्ति मात्र दुःख लाग्छ यो लेखकलाई सधैभरी,
पसिना बगाउँनेको हकमा नै रित्तो थालि हुन्छ।

बक्त बलवान भए गधापनि पहलवान हुनेहुँदा,
बिदेशी आसिर्वाद पाएको देशको माली हुन्छ।

गहन अध्यायनगरौं अब मान्छेको अनुहारलाई,
सबैको भाग मा आउँने उकालि ओराली हुन्छ।

हामि सँग सबैछ तरपनि त रित्ता रित्तै हुनेगर्छौ,
पहिले गलतीगर्ने पछि पछुताउँने नेपाली हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार