बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसीसी बाहेक अरू मुद्धाछैन?को जवाफमा केभनौं?

एमसीसी बाहेक अरू मुद्धाछैन?को जवाफमा केभनौं?

  • सोमवार, फाल्गुन १६, २०७८
एमसीसी बाहेक अरू मुद्धाछैन?को जवाफमा केभनौं?

सुरेशकुमार पान्डे — कतिपय साहित्यकार मित्रहरूले मेरा लेखमा टिप्पणी गर्दै भन्नुहुन्छ के हजूर सँग अहिले एम सीसीको बाहेक अरू सामाग्रि छैन?
मलाई हांसो लाग्छ यस्तो उँहाहरूको प्रश्न सुन्दा र भन्छु अहिलेको शन्द्रभनै यहीछ।अमेरिकी साम्राज्यवादले देशलाई गिद्धेनजर लगाएको वेला त्यसको बिरोध गर्दैनौ भने हामी यो देशका नागरिक भएको केफाइदा यो देशलाई।
अहिले विस्वमा साम्राज्यबादी शक्तिहरूले बलजफ्ती गरिब र स साना देशहरूमा आफ्नो शक्ती देखाएर आधुनिक हतियार प्रयोग गरेर तहस नहश गरेको वेलामा हामी गरिब देशहरूले विस्वको साम्राज्यवादी ब्यबहारको बिरोध गर्नु पर्छ।अहिले रूसले युक्रेन माथि हमलागर्दा ट्वाल परेर बस्नेहरू भोली आफ्नै देशमा बम बर्षिएको देख्नुपर्छ।
अमेरीकाले अहिले हाम्रो देशलाई कथित अनुदानको नाउमा केही रकम दिएर देशलाई रणभुमी बनाउन थालेको देख्दा पनि हाम्रा देशका कतिपय पत्रकार लेखक र साहित्यकारहरूले त्यसको पक्षपोसण गर्नथालेपछि देशको अबस्था कस्तोहोला?अहिलेको अबस्थामा मयां र प्रितीका रचनाहरूको माग गरेर यो आपतकालको वेला साम्राज्यबादी शक्तीको बिरूद्धमा आवाज न उठाउँनु भनेको राम्रो काम त हुँदैहोईन।
एक पटक आ आफ्नो निदार खुम्चाएर सोंचौ यदी हाम्रो देशको अबस्था भोली हिंजोको अफगानिस्तान जस्तो भयो भने हामिले अंग्रेजको बिरूद्धमा दुईदशक जती लड्न सकौंला?जो अफगानिस्तानले दुईदशक बढी समय सम्म बलिदानी पुर्ण संघर्षगरे हामीले कति बर्ष सम्म अमेरिकी साम्राज्यबादको बिरोधमा लडौंला?अहिले युक्रेन रूस सँग लडेकोछ,दुनियांका कम्जोर देशहरूले शक्तिशाली देश सँग कति सम्म लड्न सक्छन।हाम्रो देश अहिले सम्म आत्मनिर्भर हुँन सकेकोछैन,देशमा आधुनिक हतियार छैनन् अनि बिदेशीहरूलाई देशमा निम्ताउँदैछौं आफ्नो देशलाई रणक्षेत्रमा तबदिल गर्न अनि मख्ख परेकाछौं आफ्नो उपहाशमा पनि।
बहादुरको उपाधी पाएको वीरहरूले अहिले बिदेशमा कुल्ली र चौकिदारको काम समेत पाउँन धौ धौ भएको अबस्थामा पनि संघिय नेपाल बनाएर आठौटा सरकार नौवटा संसद बनाएर देशलाई हरीकङ्गाल पार्दै खुसी भयकाछौं र भन्छौं एम सीसीको बिरोका मुद्धा बाहेक अरू छैनन् हजूर सँग।बिड्मबनानै भन्नु पर्छ यो देशका नागरीकहरूको सोंचलाई।अहीलेको यो अबस्थामा पनि राजनीति गर्नुहुन्छ त्यो पनि बिदेशको दलाली गर्दै आ साम्राज्यबाद हाम्रो देश खरानी पार अनी हामिले सधै तेरो गुलामी गर्छौं आफ्नै देशमा तेरो बम र बारूद्ध उठाउँने काम मिल्नेछ हामीलाई।
हिंजो अंग्रेज पसेर टिस्टा देखि सतलज सम्मको भूभाग गुमायौं अब पुरा देशलाई लिजमा दिंदैछौं।तर त्यो लिज मुक्तभयपनि देशमुक्त गराउँन सक्ने शक्ती भने छैन हामि सँग।
जस्तै कालापानी दिएर फर्काउँन सकेनौं ,सुगौलीको सन्धि खारेज गरेरपनि भुभाग फिर्तालिन सकेनौं त्यसतै अमेरीकालाई भित्राएपछि हाम्रो देशपनि गयो।त्यो बिषयलाई बुझ्नुको सट्टा मात्रृत्वको बलत्कार भयको देखेर बिरोध गर्नुको सट्टा बक्सिशको लागी आं गर्नेहरू देशबासी हुनसक्दैनन्।
साम्राज्यबादको यो शड्यन्त्रमूलक आएको एमसीसीलाई देशभरीका जनताको बिरोधछ अहाले देशमा यसैबिषयको जनमत संग्रह गराउँनेहो भने अस्सी प्रतिसत भोट एमसीसीको बिरोधमा पर्छन।देशमा दिनौदीन बिरोध भएकोछ।देशका जनताहरूको लगातार बिरोधका बाबजुद यो एमसीसीलाई टेवुल गरिएकोछ के मुट्ठीभर नेताको मात्रै यो देशहो?तपाई हाम्रो होईन?हामि नागरीकलाई बिदेशीको हश्तक्षेपको बिरोध गर्ने अधिकारछैन?अहीले यो चीनलाई घेर्न तैयार पारिएको रणनीति नेपालबाट पारित गरिन्छ भने देशको लागी त्यो दिन इतिहाशमा कालो दिन साबित हुनेछ भन्ने हामिलाई लागेकोछ त्यसकारणले देशमा त्यो मिठो बिष आउँन बाट रोक्न सक्नुपर्छ हामीसबै मिलेर पत्रकार साहित्यकार बुद्धीजीवी र देशभक्तहरूको शयुँक्त संघर्षले मात्रै एमसीसीलाई खारेज गरेर देश जोगाउँन सक्नेछौंँ।

चर्चामा

सम्बन्धित समाचार