• होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुराकि सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार

अस्पताल बाजुराकि सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार

  • आइतवार, फाल्गुन १५, २०७८
अस्पताल बाजुराकि सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार

बाजुरा–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसर अस्पताल बाजुरामा कार्यरत सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले धनकला सँगै पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
स्वास्थ्य सेवा क्षेत्रमा राम्रो काम गरेको भन्दै अस्पताल बाजुरामा कार्यरत थापालाई ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको हो । पुरस्कार पाएपछि बाजुरा अस्पतालकी सिअनमी धनकला थापाले खुशी हुदै भनिन् अझै सेवा गर्ने प्रेरणा मिलेको छ । मन्त्रालयले कामको उचित मूल्यांकन गरेको भन्दै खुशी व्यक्त गरेकी छन् ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पुरस्कार तथा सम्मान छनोट समिति गठन भएको थियो । समितिले पुरस्कृत र सम्मानित हुनेहरुको नाम दिवसका अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा औपचारिक रुपमा सार्वजनिक गरेको हो । धनकला थापा भने कार्यक्रममा सहभागि हुन पाइनन् ।
पुरस्कृत र सम्मानित हुनेहरुको नाम अन्तिम समयमा सार्वजनिक भएका कारण पुरस्कार पाउने सबै कर्मचारी कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् । मन्त्रालयसले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा जितेन्द्र कँडेललाई प्रदान गरेको छ । बेनी अस्पतालमा कार्यरत डा कँडेललाई एक लाख रुपैयाँ राशी सहितको पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी, मन्त्रालयले १० जना कर्मचारीलाई पनि सम्मान गरेको छ । सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ रहेका छन् ।
यसैगरी, डा शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकणर् गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङमा कार्यरत कर्मचारी पनि सम्मानित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार