बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराको कर्णालीमा १७ करोड ५० लाखमा ट्रसब्रिज बन्दै

बाजुराको कर्णालीमा १७ करोड ५० लाखमा ट्रसब्रिज बन्दै

  • आइतवार, फाल्गुन १५, २०७८
बाजुराको कर्णालीमा १७ करोड ५० लाखमा ट्रसब्रिज बन्दै

बाजुराको कर्णाली नदिमा ट्रसब्रिज निर्माण हुने भएको छ । शुदुरपश्चिम प्रदेश सरकारले स्वामिकार्तिक खापर गाउँपालिका जोडने नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् ।
०७८।०६९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले अस्थायी बेलिबिज्र मात्र निर्माण हुनेभएपछि थप स्टमेट गरेर १७ करोड ५० लाखमा स्थायि ट्रसब्रिज निर्माण हुने गरि काम अघि बढेको कार्यलय प्रमुख बोगटीले बडिमालिका खबरलाई बताएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाको १ र जगन्नाथ गाउँपालिकाको २ को बिच नुनेपानीमा ७० मिटरको ट्रसब्रिज बन्ने भएको हो ।
पटक पटक संघ र प्रदेश सरकारलाई हारगुहार गरेपछि प्रदेश सरकार बाट बजेट बिनियोजन भएको गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । बाजुरामा कर्णाली पारिको स्वामिकार्तिक खापर गाउँपालिका रहेको छ । ट्रसब्रिज बन्न भएपछि गाउँपालिका सडक सञ्जालमा जोडिने भएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका नेपालकै सबै भन्दा बढि गरिब पालिका हो । यातायात बाट बिमुख बनेको उक्त गाउँपालिकामा ट्रसब्रिज बन्ने भएपछि स्थानिय बासि खुशी भएको गाउँपालिकाका सुचना अधिकारी कुुबेर शाहीले वताएका छन् । कर्णालीमा पुल बनाउने प्रक्रियमा संघिय सरकार भएपनि त्यो भने केही समय लाग्ने भएको छ । संघिय सरकारले बनाउने पक्कि पुल बाट अहिले बन्ने ट्रसब्रिज झन्डै ३० किलोमिटर टाढा रहेको छ ।
संघिय सरकारले बन्ने पुल धेरै माथि थियो अहिले बन्ने ट्रसब्रिज भने नजिकै भएकाले पुल बनेपछि निकै सहज हुने स्वामीकार्तिक खापर गाउँपालिका १ का बल बहादुर बिकले वताएका छन् । कर्णालीमा पुल नभएका कारणले गाउँपालिका यातायात सँग जोडिएको छैन् । गाउँमा गाडि चढने रहर पुरा हुने स्थानियले वताएका छन् । गाउँपालिकाले पिलिचौरमा फेरि सञ्चालन ल्याउने तयारी भएपनि त्यो हिउँदको समयमा मात्रा सञ्चालन हुने रहेको छ ।
बाजुराका ९ स्थानिय तह मध्ये ८ वटा स्थानिय तह यातायात सञ्जाल सँग जोडिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका कर्णाली पारि भएकाले यातायात सञ्जालमा जोडन सकेको छैन्, कर्णालीमा बेलिबिज्र बन्ने लगतै गाउँपालिका यातायात सञ्जालमा जोडिने गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । कर्णाली पानि प्रत्येक वडा तथा गाउँमा सडक पु¥याउने गरि सडक निर्माण भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार