शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • शुक्रबार, फाल्गुन १३, २०७८
गजल!

कसलाई चुनेर पठाउँने कसैको भर छैन,
कुन बिदेशी दलालहुन्छ कुनै खबर छैन।

राष्ट्रियता गणतन्त्रको लागि ज्यान फाले,
धेरै शहिदभए उनैको पनि त कदर छैन।

यो सरकार देशको भन्दा बिदेशको हुँदा,
जनताको यो सकारलाई कत्ती डर छैन।

तानाशाह भएर लाठी र गोलि चलाउदा,
अब हामिले यिनैलाई भोटदिन कर छैन।

देशलाई जोगाउँनै पर्छ प्रत्यक नागिरले,
आन्दोलन गर्ने त कसैलाई नि रहर छैन।

हामिले हेर्दा हेर्दै बिदेशी चलखेल बढ्यो,
अतिकर्मणले आज पानीछैन बगर छैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार