बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सरकारले नसुनेपछि!

सरकारले नसुनेपछि!

  • बिहिबार, फाल्गुन १२, २०७८
सरकारले नसुनेपछि!

सुरेशकुमार पान्डे — जनताले बिरोध गर्दा पनि सरकारले न सुने पछि जनताले के गर्ने?
बिद्रोह गर्ने र आन्दोलनमा जानी वा असाय भएर लाचार भएर चुप्प लाग्ने की काल्पनिक शक्तिलाई ग्वारहने?पहिलो कुरा एम सी सी देशको हितमा छैन भन्ने लाग्छ भने जनताले ढिलो नगरेर देश र जनताको हितमा अब शंघर्षको मैदानमा जानुपर्छ।अहिले सम्म एम सीसी संसदमा प्रस्तूत हुने निश्चित नै भयको हो।पहिले यो एम सीसीलाई टेवुलनै नगर्नेमा पार्टीहरू थिए अमेरीकाको दवाब आएपछि सरकारमा बसेका गठबन्दनमा सामिल दल मध्य शक्तिशालि दल ए माओवादी र मदेशबादी दुबैले एम सीसीलाई संसदमा पेस गर्न छुट दिएकाछन त्यो उनिहरूले त्यसो नगरेको भए सरकार छोड्नुपर्छ छोडे र पनि एमसीसी बाट मुक्त हुँन अपठ्यारोछ।हुन त उनिहरूले सरकार छाडेर सडकमा आएको भए त्यसको अबस्था अर्कै हुनेथियो।हुन सक्छ आन्दोलनको डरले एमीसी टेबुल हुँदैनथ्यो वा एमाले र कांग्रेसको गठबन्धन हुन्थ्यो त्यो एउटा छुट्टै पाटोहो।एम सी सी छिट्टै पारित पनि हुन सक्ने सम्भावना पनि जीवीतनै थियो। किनभने एमाले एम सीसीलाई पास गराउँने पक्षमा छ र गठबन्धन टुटेपछि हुने गठबन्धन भनेको नेपाली कांग्रेस र एमालेको हो यदि त्यसो भयो भने पनि एम सीसीलाई पारित गराएउनेछन।यस्तो अबस्था आयो भनेपनि देशको दुर्भाग्यनै हुनेथियो।
अब एम सीसीलाई कसरी रोक्ने?एम सीसीलाई अंझैपनि रोक्न सकिन्छ त्यो कसरी भने देशभक्त र राष्ट्रबादी शक्तिहरूको एकताले मात्र त्यसलाई रोक्न सक्छन।वामपन्थि शक्तिहरूको एकता जो नेकपा मसालले पांचदलिए गठबन्धन भन्दा पहिले भन्दै आएको थियो त्यो के भने ओलिलाई पाखा लगाएर एम सीसीको बिरोधी शक्तिको एकता हुनुपर्छ।उति वेला ओलिले प्रतिगामी पाइला चालेको वेला राजमोले भन्दै आएको हो वामपन्थि र देश भक्त गणतान्त्रीक शक्तिको गठबन्धन गरेर मात्र देशलाई गलत दिशा जानबाट रोकन सकिन्छ।उतिवेला पनि झण्डै दुई तिहाईको बहुमतको सरकारमा एमसीसीलाई पारित गराउँन नसकेपछि केपी ओलिले संसदनै बिघटन गराएर मनोमानि गर्न थाले उन्ले लगातार प्रतिगामी पाईला मात्र चालेनन् बिदेशीको दलालि पनि सक्यासम्म गरे।त्यो वेलामा पनि केपी शर्मा ओलिले एम सीसीलाई पारित गर्न धेरै प्रयास गर्दै आएका हुन त्यसकारणले शेरबहादुर दिउवा र केपि शर्मा ओली मिलेपछि पनि देश अशुरक्षित हुन्छ त्यो वेलामा पनि एम सीसी पारित गरिनेछ।अब एम सीसीलाई रोक्न देशभक्त शक्तिहरूको एकताको नितान्त खांचोछ कि भने एम सीसीको लागि जनमत संग्रह गराउँनुपर्छ यदी जनताको दरबारमा जिनेहो भने एम सीसी खारेज हुनेछ।देशका अस्सि प्रतिसत जनता एम सीसीको बिरोधमाछन।
अहिले एम सीसी टेवुल भएपछि जनता र कतिपय कार्यक्रताले पनि असाए भयर” हे दैब यो एमसी सी पारित नहौश”भनेको सुनिन्छ।
अब उनिहरूलाई लाग्छ दैबलेनै कुनै करिस्मा गर्छ र एम सीसी पास हुनबाट रोक्छ।बिगतका दिनमा जब कोरोना बढ्यो कतिपय जनताले त्यो बाट छुट्कारा पाउँन काल्पनिक शक्तिलाई निम्ताएका थिए।कसैले झांक्रि बसालेर कसैले पाठो कबुलेर कसैले कांच्रेखोलाका देवतालाई भाले कवुलेर आदी रूढीवादी गतिबिधी द्वारा यो कोरोनाको बिमारी जान्छ यसबाट हामिले निजात पाउछौ भनठानेर उनिहरूले त्यसो गरेकाथिए।अहिले ठिक त्यहि प्रकारले भन्छन”हे प्रभु एम सीसी पास नहौश”यसरी जनताले ठुलो शंघर्ष गरेर पनि रोक्न नसकेपछि प्रभु प्रमात्मालाई ग्वारनथाले।कसैले राजालाई ग्वारन थाले जस्को जस्मा आस्थाछ उसैलाई मानिसले बिवस भयपछि ग्वार्नेगर्छ।
यो कमजोर मानसिकताको ध्वतक हो हामि एक्किसौ शताब्दिका मानिसहरूहौं तर अहिलेपनि हामिले आफुलाई रूढीबादको भेटी चडाएका हुन्छौं।
अहिले त त्यो एम सीसी सदनमा पुगेकोछ त्यो त्यांहाबाट रिजेक्ट हुनसक्छ त्यसको लागि हामिले आन्दोलन गर्नु आवाज बुलन्द गर्नुको साटो एम सीसीलाई सदन बाट पास नहौश भनेर देवी देवतालाई ग्वारने गर्छौं।
यो दुनियामा मानिसनै सबैभन्दा उँच्च प्रकारको विवेकशिल सहनशिल र बुद्धीजीवी प्राणिहो भन्ने थाहा पाएर पनि यसरी बुद्धिहिन बन्नु भनेको कस्तो प्रकारको बिचारहो?
अहिले पनि हामिले आफुलाई कलपनाको चौघेरामा भुलभुलैंयाको भेटी चडाएकाछौं।अब त हामी शंघर्षको आन्धि वैरीको उठान गर्नुपर्छ।राष्ट्रियता र गणतन्त्रको हितमा हाम्रो एकमना एकता हुनैपर्छ।आखिर जनताले गर्न नसक्नेकाम त केहिपनि छैन मात्र जनता फिल्डमा आउँन नसकेरहो यो सरकारलाई पनि त जनताले बनाउँछन।कस्ता कस्ता तानाशाह हरूलाई फालेर देशमा गणतान्त्रिक ब्यबस्था जनतालेनै ल्याएका हुन्छन।
हामी नागरीकहरूको साझा देशहो नागरीकनै देशका असली मालिक हुन्छन।
अहिले साम्राज्यबादले देशका कयौं नेताहरूको बुद्धि भुटेको अबस्थामा यो देशको रक्षक भनेको त जनतानैहौं जनताले चाहेपछि यिनै बिदेशका दलालहरू समेतलाई यो एमसीसी सँगै मिल्काउँन सक्छन।
कुनै पनि अनुदानलाई संसदमा पेस गरिंदैन र अनुदान बाट देशको बिकाश पनि हुँदैन देशलाई आत्मनिर्भर गरेर मात्र हामी शुरक्षित हुन्छौं।
देशवासीहरूको एकता नहौश भनेर नै साम्राज्यबादले वा बिदेशी शक्तिले देशका जनताहरूलाई आपसमा लडाएर टुक्राएर आफ्नो स्वार्थ पुरागर्छ।हामिले भन्छौ हाम्रो देश सानुछ देशमा बिकास छैन त्यो सांचो हुँदाहुँदै पनि हाम्रो देशमा बिकाश हुन सक्छ त्यसको लागि बिकासका श्रोत र साधनहरू प्रसस्तै मात्रामाछन।देश बलियो हुने भनेको नागरिकको एकताहो यदी नागरिकहरूको एकता हुन्छ भने देश कम्जोर हुँदैन।नेपालका वीरहरूले संसारका कुनैपनि देशको रक्षक बनेर भाडामा आफ्नो पौरख पोखेको उधारणछ।हामी पौरखीछौं निडरछौं भने हामी शक्तिशालीपनिछौं।
इतिहाशमा हाम्रो देश कहिले कसैको गुलाम नहु्नु भनेको एउटा मिसालनै हो भारत जस्तो देश सयौं बर्ष गुलाम भयो तर नजिकको छिमेकी देश स्वतन्त्र रह्यो यसबाटपनि त केहि शिक्षा मिल्छ।हाम्रा पुर्वजहरूले गरेको शंघर्षको परिणाम आज यो देश जीवीतछ।अहिलेपनि हाम्रो एकता रहिरहन्छ भने यो देशलाई कसैले पनि आंखा गाडन सक्तैनन्।बरू हामि कम्जोर भएको पहिलो बिषय हाम्रो बिचमा हुँदै आएको जातिय बिभेद छुवाछुतहो भने दोस्रो रूढीवादी खालका हाम्रा परमपरा जो काल्पनिक र बुजुर्व सास्त्रहरूमा आधारित बिचार मन र मष्तिकमा घर जमाएकाले यस्तो भयकोछ।नत्र हामि कुनै अबस्थामा पनि शंघर्षमा होमिएका वीरहरूहौं।हाम्रै देशको सरकारले हाम्रो जायज बिचारलाई नसुनेपछि हामि केही क्षाणका लागी सुस्तिए जस्तो भयपनि हाम्रो राष्ट्रियता जनतान्त्रिक र जनजीवीकाको लागि शंघर्ष निरन्तर चल्दै जानेछ।
हामीले हाम्रो देशमा आएका एमसीसी र संघियता जस्ता अनाबस्याक बिषयलाई जरा समेत निकालेर फ्यांक्नुपर्छ र हाम्रो देश संसारको मानचित्रमा नेपाल भनेर अंकित रहिरहनेछ।

चर्चामा

सम्बन्धित समाचार