बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • स्वामिकार्तिक १ रुडीकी फुली धामीको कथा : हिँड्ने खुट्टा छैन खाने गाँस छैन (भिडियाे सहित)

स्वामिकार्तिक १ रुडीकी फुली धामीको कथा : हिँड्ने खुट्टा छैन खाने गाँस छैन (भिडियाे सहित)

  • बिहिबार, फाल्गुन १२, २०७८
स्वामिकार्तिक १ रुडीकी फुली धामीको कथा : हिँड्ने खुट्टा छैन खाने गाँस छैन (भिडियाे सहित)

बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा न १ की फुलि धामीको दैनिक कष्टकरस बन्दै गएको छ । उनको केही बर्ष पहिले घाँस काट्न गएको बेला भिरमा लडेर एक खुट्टा गुमाएकी छन । उनका श्रीमन देउराम धामीको ७ बर्ष पहिले मृत्यु भईसकेको छ । उनका नाबालक छोराछोरीहरु छन । आफु खुट्टा गुमाउदाको पिडा भन्दा बढि पिडा उनका छोराछोरीमाथी छ । आफु लागायत उनका छोराछोरी कतिपय दिनमा त भोकै बस्ने गरेको फुली धामीले बताईन । उनकी एक छोरी नौरा धामी कन्सन बाजुराले पढाई रहेको बताइन । अर्को एक छोरा परिन्द्र धामी आमालाई बाहिर भित्र गर्ने र गाउँकै स्कुलमा कक्षा ४ मा पढ्ने गरेको धामीले बताईन ।
खाने गास त गाउँका छिमेकीहरुले सहयोग गर्छन कहिले काही भोकै बस्छौ । आफु अपाङ्ग भएकोले शौच गर्ने शौचालय समेत नभएकोले निकै समस्या भएको उनले बताएकी छन ।
गाउँमा एक त खडेरीले खेतीपाती राम्रो हुदैन गाउँका अन्य छिमेकीहरुले जेनतेन गरेर पालिन्छन र उनलाई पनि सम्झीन्छन गाउँकै शिक्षक दान बहादुर धामीले बताए । गाउँकै मान्छे भोकमरीको चपेटामा पर्ने गरेका भए पनि उनलाई पनि अहिले सम्म गाउँलेहरुले सहयोग गरिरहेको शिक्षक धामीले बताए ।
फुली धामीको पारिवारीक स्थिती कमजोर भएकोले उनका छोराछोरीको पठनपाठन र पालन पोषणमा समेत समस्या हुने गरेको छिमेकीहरुले बताएका छन । गाउँलेहरुले कहिलेकाही खानेकुराहरुमा सहयोग गरे पनि गाउँमा सबै न्युन आय स्तरका भएकोले उनका लागि शौचालय समेत बनाउन हामी नसक्ने स्थानीयले बताए ।
अपांगता क्षेत्र अत्यन्तै संवेदनशिल क्षेत्र भएको कारणले गर्दा अपांता भएका नागरिकहरुको हक अधिकार संरक्षण प्रवर्धनका लागी बिशेषगरि कानूनका अगाडी समानताको सिद्धान्तका आधारमा अपांगताको सवालमा बिशेष कानून र अपांगतामैत्री कानूनको निर्माण गरिएको भए पनि फुली धामी जस्ता धेरै अपाङता भएका नागरिकहरुले त्यसको प्रत्याभुती गर्न पाएका छैनन् ।
जिल्लामा अपाङहरुको हकहितका लागि भनेर गठन भएका बिभिन्न संघ संगठनहरु धेरै छन । तर ति संगठन राजनितिक दलको दलदल र पेरीफेरीमै घुम्ने र अवसर लिने भएका कारण फुली धामी जस्ता वास्तविक पिडीतहरुले राहत पाउन नसकेको नागरिक अगुवाहरु बताउछन । फुली धामी जस्ता पिडितहरुले राज्य र सकारबाट कहिल्यै सेवा नपाएका थुप्रै उदाहरणहरु रहेकोले यसको समाधानका लागि नागरिकहरुले आवाज उठाउनु पर्ने नागरिक अगुवाले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार