बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • देउता रिसाउने डरले महिनावारी भएको समय स्कुल जादैनन शिक्षिका

देउता रिसाउने डरले महिनावारी भएको समय स्कुल जादैनन शिक्षिका

  • सोमवार, फाल्गुन ९, २०७८
देउता रिसाउने डरले महिनावारी भएको समय स्कुल जादैनन शिक्षिका

पदमबहादुर सिंह– बडिमालिका नगरपालिका ८ मा रहेको  जनप्रकाश आधारभूत बिद्यालय रतुडामा महिनावारी भएको समय शिक्षिका बिद्यालय नजाने गरेको पाईएको छ । पुरानो किम्बदन्तिका आधारमा स्थानियका अनुसार बिद्यालय रहेको स्थान रतुडा देउताको ओहोर दोहोर गर्ने मुख्य बाटोमा रहेकोले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै बिद्यालय नजाने गरेको शिक्षिका नीरा बिष्ट बताएकी छन् ।
कक्षा ३ सम्म सञ्चालन रहेको बिद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक गरी ३ जना रहेका छन् । दुबै जना शिक्षिका महिनावारी भएको पाँच दिनसम्म बिद्यालयमा नआउने गरेको स्थानियले वताएका छन् । महिनामा दुई जना शिक्षिका दश दिन बिद्यालय आउदैनन भने वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन् । यसरी शिक्षिका आउदैनन बालबालिकाको पढाइै नै प्रभावित हुने गरेको गोरख बहादुर अयडीले बताए ।
शिक्षिका नीरा बिष्टले महिनावारी भएको समय बिद्यालय अनुपस्थित हुने गरेको स्विकार गरेकी छन् । उनले भनिन स्थानिय महिलाहरु कोही पनि यो ठाउमा आउदैनन । यो ठाउ देवताको थलि हो महिनावारी भएको समय आए अनिष्ट हुन्छ भन्छन, आफूलाई पनि डर लागेर नआउने गरेको नीराले बताईन् । स्थानिय महिलाले पनि आउने आट गर्नु पर्यो आफु पनि पछि नहट्ने उनले बताईन ।
बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले यो बिषय बिगत देखि नै छलफलमा रहेकाले देबताका धामी पुजारी स्थानिय र महिलाहरु सबैलाई सामुहीक रुपमा राखेर यसको समाधान खोज्नु पर्ने भएको बताईन । यो भन्दा पहिला धेरै पटक अन्धबिश्वास हो केही हुन्न भन्दा पनि स्थानिय महिला तथा शिक्षिकाहरुले पनि आउने आट नगरको उनले बताईन । अब चाडै सामुहीक छलफलका माध्यमबाट समस्याको समाधान गर्न तर्फ लाग्ने उपप्रमुख बिष्टले बताईन ।
आईतबार बडिमालिका नगरपालिकाकी उपप्रमुखको संयोजगत्वमा अनुगमनका क्रममा महिनावारी भएको समयमा शिक्षिका अनुपस्थिति हुने गरेको पाईएको छ । फागुन २४ गते अन्तराष्टिय नारी दिवसको दिन बडिमालिका नगरपालिका ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रम गरी उद्देश्यका साथ गएको अनुगमन टोली गएको बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले बताईन ।
प्रत्येक बर्ष बिभिन्न कार्यक्रम गरेर मनाउने गरेको भए पनि यो बर्ष नारिको हिंसा, स्वास्थ्य र अन्धबिश्वासका रुपमा रहेको छाउपडी प्रथा छाउगोठ मुक्त वडा घोषणसंगै अन्य कार्यक्रम मनाउने सोचका साथ काम थालिएको उपप्रमुख बिष्टले बताईन । यो भन्दा पहिला बडिमालिका नगरपालिकाका ३, ४, ५, ६ र ९ वडा छाउगोठ मुक्त घोषण गरी सकेका छन, भने बाकी १, २, ७ र ८ घोषणको अन्त्तिम तयारीमा रहेको बिष्टले बताईन ।

चर्चामा

सम्बन्धित समाचार