आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • सय वर्षका वृद्धले जन्मदिनमै गरे यस्तो बिहे !

सय वर्षका वृद्धले जन्मदिनमै गरे यस्तो बिहे !

  • सोमवार, फाल्गुन ९, २०७८
सय वर्षका वृद्धले जन्मदिनमै गरे यस्तो बिहे !

काठमाडौं — आफ्नो जन्मदिनलाई विशेष बनाउने चाहना सबैको हुन्छ । हालै भारतमा एकजना वृद्धले आफ्नो जन्मदिनलाई यस्तो स्मरणीय बनाए कि त्यसको चर्चा खुबै भयो । आफ्नो १ सयौँ जन्मदिन मनाउने उनको तरिका वास्तवमा गज्जब थियो ।

भारतको पश्चिम बंगालका एक वृद्धले आफ्नो एक सयौँ जन्मदिनमा आफ्नी ९० वर्षकी पत्नीसँग पुनः धुमधामसँग बिहे गरेका छन् ।

पश्चिम बंगालको मुर्शिदावादका बासिन्दा विश्वनाथ सरकारले बुधबार ससुरालीमा जन्ती लगेर आफ्नी पत्नी सरोधवानीसँग दोश्रोपटक बिहे गरे ।

जन्मदिनमा पुनर्विवाह गर्ने चलन उनले उनले सोसल मिडियामा देखेका थिए । त्यसपछि उनले आफ्नो शतक उत्सवमा पनि त्यसै गर्ने सोँच बनाए र परिवारका अन्य सदस्यसँग कुराकानी गरे । सबैजनाले उनको योजनालाई समर्थन गरे ।

विश्वनाथ र सरोधवानीको पहिलो बिहे सन् १९५३ मा भएको थियो । उनका छोराछोरी, नाति नातिनी तथा पनाति पुस्ताहरु भारतका विभिन्न सहरमा बस्दै आएका छन् । तर उनको जन्मदिन तथा पुनर्विवाहको अवसरमा सामेल हुनका लागि सबैजना गाउँमा आए ।

नाति नातिनीहरुले नै विश्वनाथ र सरोधवानीलाई बेहुला बेहुली पहिरनमा सजाए । बेहुलीलाई पूरानो गाउँ बमुनिया लगे । बुधबार विहान विश्वनाथ घोडामा चढेर जन्ती सहित बेहुली सरोधवानी बसेको गाउँमा गए बिहे गर्नका लागि । त्यसक्रममा आतिवाजी गरियो र बेहुला बेहुलीले एक अर्कालाई फूलमाला पहिराए र विधिपूर्वक बिहे गरियो ।

उक्त पुनर्विवाह समारोहमा सबै गाउँलेहरुलाई निम्ता गरिएको थियो। एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार