शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • राजपुरा र स्टेफनलाई उपाधि

राजपुरा र स्टेफनलाई उपाधि

  • आइतवार, फाल्गुन ८, २०७८
राजपुरा र स्टेफनलाई उपाधि

१६औं संस्करणको पोखरा म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोस्गीले जितेका छन्। शनिबार पोखरा रंगशालामा भएको म्याराथनमा केन्याली धावक कोस्गीले निर्धारित दूरी दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। उनले उपाधिसँगै चार लाख नगद पुरस्कार प्राप्त गरे। पोखरा म्याराथनमा कोस्गीले नयाँ कीर्तिमान पनि बनाए। यसअघि त्रिभुवन आर्मी क्लबका आनन्दमान श्रेष्ठले दुई घण्टा २५ मिनेट ०५ सेकेन्डको कीर्तिमान बनाएका थिए।
यसैगरी केन्याली धावक सिमिओन किप्लागातो दुई घण्टा २१ मिनेट ०३ सेकेन्डका साथ दोस्रो र त्रिभुवन आर्मी क्लबका मोहनदेव जोशीले दुई घण्टा ३३ मिनेट ४४ सेकेन्डका साथ तेस्रो स्थान हात पारे। सिमिओनले दुई लाख र मोहनदेवले एक लाख पुरस्कार पाए।

महिलातर्फको हाफ म्याराथनको उपाधि भने नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितिन्। उनले एक घण्टा २१ मिनेट २६ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। एपीएफकी बिन्दा श्रेष्ठले एक घण्टा २७ मिनेट ४१ सेकेन्डका साथ दोस्रो र जुम्लाकी राममाया बुढाले एक घण्टा ३० मिनेट ४८ सकेन्डका साथ तेस्रो स्थान हात पारे। महिलातर्फका विजेताले नगद एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गरे। विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पुरस्कार प्रदान गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार