आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पहिलोपटक एचआईभी संक्रमित महिला निको भइन्

पहिलोपटक एचआईभी संक्रमित महिला निको भइन्

  • बिहिबार, फाल्गुन ५, २०७८
पहिलोपटक एचआईभी संक्रमित महिला निको भइन्

एजेन्सी —  ह्युमन इम्युनोडेफिसियन्सी भाइरस (एचआईभी) बाट लाग्ने रोगलाई निको नहुने मानिन्छ तर क्रमशः अवस्था परिवर्तन हुँदै गइरहेको छ। हालै अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई निको पारेका छन्। यो एचआईभी ठीक भएको विश्वको तेस्रो घटना हो। यसअघि दुई पुरुषलाई यो घातक रोगको चंगुलबाट बाहिर ल्याइएको थियो।

कसरी गरियो उपचार ?

वैज्ञानिकहरूले नयाँ स्टेम सेल (कोशिका) प्रत्यारोपणको सहयोगमा एचआईभी बिरामीको उपचार गरेका हुन्। यस प्रविधिमा दाताको अम्बिलिकल कोर्ड (नाभी) को रगत प्रयोग गरिएको थियो। यस रगतबाट स्टेम सेल निकालिएको थियो, जसले पीडितको उपचार गर्यो। (स्टेम सेल शरीरका कोशिका क्षतिग्रस्त भएका गम्भीर रोगहरूमा धेरै प्रयोग गरिन्छ। यस्तो अवस्थामा, स्टेम सेलले ती कोशिकालाई पुनःजीवित गराउन मद्दत गर्दछ, जसले रोग भगाउँछ।)

ती महिलाको उपचारमा संलग्न डा। कोएन वेन बासिन भन्छन्, ‘नयाँ स्टेम सेल प्रत्यारोपणबाट अमेरिकामा हरेक वर्ष ५० एचआईभी बिरामी निको पार्न सकिन्छ।’ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार अमेरिकामा १२ लाख मानिस एचआईभी संक्रमित छन्।

क्यान्सबाट पनि पीडित थिइन् महिला

महिला मिश्रित नश्लकी हुन्। सन् २०२१३ मा एचआईभी संक्रमण भएको ४ वर्षपछि उनलाई ब्लड क्यान्सर पनि भयो। त्यसपछि उनको ह्याप्लो कर्ड प्रत्यारोपणबाट उपचार जारी रह्यो। यो आंशिक रूपमा मेल खाने दाता र नजिकको नातेदारको नाभीको रगत प्रयोग गरिएको थियो। ती महिलाको अन्तिमपटक २०१७ मा मा प्रत्यारोपण गरिएको थियो र तीन वर्षपछि डाक्टरहरूले उनको एचआईभीको उपचार बन्द गरेका थिए। त्यसयता ती महिला कुनै पनि भाइरसको सिकार भएकी छैनन्।

यसअघि दुई पुरुष एचआईभीबाट मुक्त

टिमोथी रे ब्राउन १२ वर्षदेखि एचआईभीबाट मुक्त भएका थिए तर २०२० मा क्यान्सरबाट उनको मृत्यु भयो। सन् २०१९ मा एडम कास्टिलेजोले पनि यो रोगबाट मुक्ति पाएका थिए। दुवैको उपचार बोन म्यारो स्टेम सेल प्रत्यारोपण गरेर गरिएको थियो।

एचआईभीबाट निको भएका दोस्रा व्यक्ति एडम कास्टिलेजो।

(एचआईभीबाट निको भएका दोस्रा व्यक्ति एडम कास्टिलेजो)

उनीहरुको दातामा यस्तो उत्परिवर्तन भेटिएको थियो, जसले एचआईभी संक्रमण रोक्न मद्दत गर्छ। यो उत्परिवर्तन विश्वमा २० हजार मानिसमा मात्र पाइन्छ। यीमध्ये अधिकांश उत्तरी युरोपका हुन्।

चर्चामा

सम्बन्धित समाचार