शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • झापामा चाउचाउ उद्योगमा भीषण आगलागी

झापामा चाउचाउ उद्योगमा भीषण आगलागी

  • शनिबार, माघ २९, २०७८
झापामा चाउचाउ उद्योगमा भीषण आगलागी

झापा —  झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । बाँकी दुईवटा दमकल आइरहेको उनले बताए । नभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार