• होमपेज
  • विचित्र संसार
  • २ वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै

२ वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै

  • शुक्रबार, माघ २८, २०७८
२ वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै

इटालीको उत्तरी भागमा पर्ने लोम्बार्डीस्थित कोमो सहरकी एकजना महिलाको शव उनको घरभित्रै कुर्सीमा बसिरहेको अवस्थामा फेला परेको छ । म्यारिनेल्ला बेरेट्टा भन्ने ती महिलाको दुई वर्ष अगाडि नै मृत्यु भएको तर अहिलेसम्म कसैले थाहा नपाउँदा कुर्सीमै बसिरहेको अवस्थामा उनको शव बल्ल फेला परेको हो ।
बेरेट्टा आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् । उनको घरको बगैँचामा रुख ढलेको, अरु रुखविरुवा र घाँस पनि निकै बढेको देखेर छिमेकीहरूले उजुरी गरेपछि दमकलका कर्मचारीहरू आएर निरीक्षण गर्दा घरभित्र महिलाको शव फेला परेको हो । बेरेट्टाको शव लिभिङ रुमको कुर्सीमा बसिरहेको अवस्थामा थियो र कुहिएको थियो ।

शरीर कुहिएको अवस्थालाई विश्लेषण गर्दा उनको मृत्यु सन् २०१९ को अन्त्यतिर भएको हुनसक्ने अनुमान गरिएको छ । उनको मृत्युको कारण पत्ता नलागेको अनुसन्धान अधिकारीहरूको भनाइ छ । उनका कुनै आफन्त भए नभएको लगायतका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय कोमो नगरपालिकाले उनको शवको अन्त्येष्टिको कार्यक्रम आयोजना गर्नेछ र उक्त अन्त्येष्टि समारोहमा सहभागी हुन सबै बासिन्दालाई अनुरोध गरेको छ ।

सीएनएनबाट

चर्चामा

सम्बन्धित समाचार