बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • हाम्रो तेस्रो बार्षिक उत्सव बिबिध कार्यक्रम गरी मनाईयो

हाम्रो तेस्रो बार्षिक उत्सव बिबिध कार्यक्रम गरी मनाईयो

  • बिहिबार, माघ २७, २०७८
हाम्रो तेस्रो बार्षिक उत्सव बिबिध कार्यक्रम गरी मनाईयो

बाजुरा — जिल्लाको पहिलो डिजिटल पत्रिका बडीमालिका अनलाईन खबरको तेस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । एक औपचारीक कार्यक्रमको आयोजना गरि हाम्रो तेस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ६ जना असाय परिवारलाई खाध्यन्न सहयोग गरीएको छ । बार्षिक उत्सवको अवसर पारी बुढिनन्दा नगरपालिका वडा न ७ का अनाथ बालबालिकालाई रु १० हजार सहयोग गरिएको छ ।
औपचारीक कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना मन्तब्य राख्दै वक्ताहरुले बडिमालिका मिडिया हाउसले सूचना र समाचार मात्र सम्प्रेषण गर्ने काम संगै समाज सेवामा गरेको योगदानको उच्च मुल्याङ्कन गरेको बताएका छन । पत्रकार लेख्ने मात्र काममा सिमित रहदैन समाजमा भएका दुखी पीडित, असहाय अशक्त नागरिकहरुमा सेवा पनि गर्दछ भन्ने सन्देश दिएको बताएका छन ।
मिडिया हाउसले एक बर्ष सम्म गरेका कृयाकलाप र चुनौतिको सामना गर्दै आएको मिडिया हाउसका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायले स्वागत मन्तब्य मार्फत प्रष्ट पारेका छन। यस मिडिया हाउसले बिशेषतः खोज पत्रकारिता गर्दै आएकोले सत्य तथ्य र निश्पक्ष समाचार लेख्ने सञ्चार माद्याम रहेको मिडिाय हाउसको नाममा चिनिएको बोल्ने बक्ताहरुले बताएका छन ।

No description available.
वार्षिक उत्सव तथा राहत वितरण कार्यक्रमको अध्यक्षता मिडिया हाउसका सम्पादक प्रकाश सिंहको अध्यक्षतामा संचालन गरिएको थियो । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य लाल बहादुर थापा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य राख्ने अधिकाँश बक्ताहरुले बडीमालिका अनलाइन खबरले बिगतका तिन बर्षमा समाज रुपान्तरणको संवाहक भएर आवाज विहिनका आवाजहरुको उठान गरेकोले आगामी दिनहरुमा पनि सफलताको शुभकामना ब्यक्त गरेका छन ।

No description available.
शुभकामना मन्तब्य दिदै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य एबम् संघिय साँसद लाल बहादुर थापाले बिगतका तिन बर्षमा बडीमालिका अनलाइन खबरले समाज रुपान्तरणको संवाहकका रुपमा कलम चलाएको प्रति धन्यबाद दिएका छन । स्वागत मन्तब्यमा बोल्दै प्रमुख अतिथीले बाजुरा जिल्लाको विकासमा बडीमालिका अनलाइन खबरले खेलेको भुमिका सम्मान जनकका साथै परिवर्तनशिल भएकोले आफु र आफ्नो पाटीले गर्ने सहयोग गर्न तयार रहेको बताएका छन । कार्यक्रमको संचालन बडीमालिका अनलाइन खबरका सम्पादक पदम बहादुर सिंहले गरेका थिए ।

No description available.

बार्षिक उत्सब तथा सहयोग वितरण कार्यक्रममा नेकपा एमाले बाजुराका सचिव भरत थापा, नेपाली काग्रेस बाजुराका प्रतिनिधी गोपाल कार्की, नेकपा एमाले बाजुराका सदस्य अमर खड्का र काशि विक, बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, पत्रकार महासघं बाजुराका अध्यक्ष छक्क मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य बसन्त बिक, कृष्ण ओली, प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित, पत्रकार महासघंका पुर्ब अध्यक्ष मदन जोशी लगायत बाजुरा जिल्लाका बिभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार