शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाम मार्तडीमा हिमपात

बाजुरा सदरमुकाम मार्तडीमा हिमपात

  • शुक्रबार, माघ २१, २०७८
बाजुरा सदरमुकाम मार्तडीमा हिमपात

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीमा हिजो राती देखी हिमपात सुृरु भएको छ । बिहिवार राती ८ बजेदखी निरन्तर हिमपात सुरु भएको हो । हिमपात सुरु भए संगै बाजुरामा अत्याधिक जाडो बढेको छ ।
हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहिबार रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएपछ िजनजविन कष्टकर बनेको स्थानीयले बताएका छन ।
जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपातका कारण जनजविन कष्टकर बनेको स्थानीय राम बहादुर धामीले बताएका छन ।
सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा अहिले भारी हिमपात भईरहेको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् ।

चर्चामा

सम्बन्धित समाचार