शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • खप्तड बडीमालिका हेलिटुर फागुन १ गतेबाट सञ्चालन हुने, यस्तो छ प्याकेज

खप्तड बडीमालिका हेलिटुर फागुन १ गतेबाट सञ्चालन हुने, यस्तो छ प्याकेज

  • मङ्लबार, माघ १८, २०७८
खप्तड बडीमालिका हेलिटुर फागुन १ गतेबाट सञ्चालन हुने, यस्तो छ प्याकेज

बाजुरा — खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन गर्नका लागि हेलिटुर प्याकेज सञ्चालन हुने भएको छ । फागुन १ गतेबाट १० गते सम्म हेलिटुर सञ्चालनमा ल्याइने खप्तड होमस्टेका सञ्चालन दिपक बहादुर खड्काले बताए ।

गत वर्ष माघ १४ गतेबाट फागुन ६ गते सम्म सञ्चालनमा ल्याईएको हेलिटुर यो वर्ष तेस्रो चरणको कोरोना महामारीका कारण फागुनबाट सञ्चालन गरिने जनाइएको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा दिपायल देखि खप्तड, बडीमालिका त्यस्तै झिंग्राना देखि खप्तड, बडीमालिका र साँफेबगर देखि खप्तड, बडीमालिका हेलिकोप्टरमा अपडाउन गर्न सकिने उल्लेख छ । सबै उडानमा पत्रकारहरूलाइ एक हजार सम्म छुट गर्न सकिने जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार