बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरपालिका ६ दैयाका मुक्त हलिया कामको खोजिमा भौतारीदै

बुढीनन्दा नगरपालिका ६ दैयाका मुक्त हलिया कामको खोजिमा भौतारीदै

दुख गरेर फुटाएको गिट्टी, ढुंगा समेत विक्री नहुँदा परिवार पाल्न निकै समस्या ।।

  • शनिबार, माघ १५, २०७८
बुढीनन्दा नगरपालिका ६ दैयाका मुक्त हलिया कामको खोजिमा भौतारीदै

रुकुम याेगी /बाजुरा — बुढीनन्दा नगरपालिका वडा नं. ६ दैयाका हलिया समुदायहरु ढुंगा फुटाएर जिविको पार्जन गरिरहेका छन । सरकारले मुक्त हलिया घोषणा गरेपनि हलियाहरुको जिवन स्तर झन नाजुक बन्दै गएको छ । मुक्त हलिया घोषणा गरेपनि सरकारले उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुंगा फटाएर आफ्नो पेट पाल्दै आएका छन । स्थानिय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानिय तहवाट कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरिरहेका छन । बुढीनन्दा नगरपालिका ६ दैयाका खड्के विककी आमा सारिरीक अपांग हुनुहुन्छ । आमा वुवा लगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या भएको छ । आमा वुवा नेकपा एमाले भएकै कारण कुनै पनि सेवा सुविधा पाउन नसकेको खड्के लुवारले बताउनु भयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनितिकरण गरेर आफ्नो परिवारलाई छनौट नगरेको दुख पोख्नु भयो । भएको थोरै जमिन बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुंगा फुटाएर नै १४ जनाको परिवार पाल्दै आएको बताउनु भयो ।

स्थानिय तहवाट पाउने रेक सेवा सुविधा वाट वञ्चित हुदै आएको उहाँको गुनासो छ । हलियाले पाउने भनेको राहत समेत अहिले सम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताउनु भयो । परिवारको पेट पाल्नका लागि बड्डीगाड खोलामा दिन भरि ढुंगा फुटाउने र त्यहि बेचेर परिवार पाल्दै आएको विकले बताउनु भयो । गाउँमा रोजगारी नपाएपछि ।ीमनलाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोख्नु भयो । उहाँले भन्नुभयो, कोरोना आएको छ । श्रीमान भारतमा छन । के कस्तो छ फोन समेत गर्न पाएको छैन । अलिकति पैशा कमाएर ल्याएपछि दाल चामल किनेको पैशा तिर्नहुन्थयो । आफुले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने पाल्ने गरेको उहाँले बताउनु भयो । दुःख गरेर फुटाएका ढुंगा समेत विक्री नहुँदा खोलामै थन्काएर राखेको जनकला विकले बताउनु भयो । उहाँहरु मात्रै हैन दैयाका हलियाहरु दिन भरि कामको लागि विभिन्न ठाउँमा भौतारी रहेका हुन्छन । तर काम नपाएपछि वेलुका निरास हुदै घर फर्कने गरेको नरे विकले बताउनु भयो ।

आफुले लगाएको घरमा टिन हाल्ने पैशा समेत नहुँदा अहिले सम्म घरु छाउन नसकेको उहाँको गुनासो छ । कोहि कसैवाट पनि सहयोग नमिलेको र पैशा कमाउनका लागि काम नपाएपछि घर छाउन नसकेको उहाँको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार