• होमपेज
  • समाज
  • बाजुरामा पहिलो पटक कडा कुपोषित बच्चाको उपचार

बाजुरामा पहिलो पटक कडा कुपोषित बच्चाको उपचार

बाजुरामा पोषण पुनर्स्थापना केन्द्र स्थापना 

  • बुधबार, माघ १२, २०७८
बाजुरामा पहिलो पटक कडा कुपोषित बच्चाको उपचार

बाजुरा–जिल्ला अस्पताल बाजुरामा पोषण पुनर्स्थापना केन्द्र स्थापना भएको छ । कुपोषित बालवालिकालाई उपचार तथा स्वाहार गर्ने उद्देश्यले पोषण पुनर्स्थापना शुरु भएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले वताएका छन् । केन्द्र स्थापना सँगै बाजुरामा पहिलो पटक कडा कुपोषित बच्चाको उपचार शुरु भएको छ ।

बाजुरा जिल्ला देशमै सबैभन्दा बढी वालवालिकामा कुपोषण दर रहेको छ । सामान्य कुपोषित बच्चाको जिल्लामै उपचार भएपनि कडा कुपोषित बालवालिकाको उपचार गर्न यो भन्दा पहिला डडेल्धुरा, धनगढी जानुपरेको थियो । बाजुरामै पोषण पुनर्स्थापना केन्द्र स्थापना पछि त्यो बाध्यता टरेको छ ।

जिल्ला अस्पताल बाजुरामा पुष ८ गते बाट सेवा सञ्चालन भएको हो । कुपोषित बालवालिकालाई भर्ना गरेर सञ्चो नहुदा सम्म स्वास्थ्यकर्मीकै निगरानीमा कुपोषणको उपचार हुने गरेको पोषण पुनर्स्थापना केन्द्र स्थापनाकि कार्यक्रम प्रबन्धक निर्मला सुनारले वताएकि छन् ।

सेवा शुरु भएपछि पोषण पुनर्स्थापना केन्द्रमा १० जना वालवालिकालाइ भर्ना गरेर उपचार गरेको अस्पातलले जनाएको छ । अस्पतालमा ६४ जनाको जाँच गर्दा २० जनालाइ कुपोषण देखिएको अनमि अनिता थापाले वताएकि छन् । जसमा ४ जनालाइ शिघ्र कुपोषण देखिएको थापाले वताएकि छन् । २० जना मध्ये १० जनालाई पोषण पुनस्र्थापना केन्द्रमा राखेर उपचार पछि घर पठाएको थापाले वताईन् ।

 कुपोषित बच्चालाई अस्पतालमा ५ दिन देखी सञ्चो नहुदा सम्म राख्ने गरिएको छ । आमा र बच्चालाई खानाको ब्यबस्थापन अस्पातलले गर्ने गरेको छ । बच्चालाई लुगा समेत अस्पतालले दिने गरेको छ । पोषण पुनस्र्थापना केन्द्रमा उपचारमा भर्ना भएका आमा र बच्चालाई पोषिलो खानेकुराको ब्यबस्थापन गरिएको अस्पताल बाजुराका प्रमुख जोशीले वताएका छन् ।

पोषण पुनर्स्थापना केन्द्रका लागि अस्पतालमा १० वटा बेड राखिएको छ । कुपोषित बच्चालाई जिल्लाबाहीर उपचार गर्नजानुपर्ने बाध्यता थियो, जिल्लामै उपचार शुरु भएपछि आर्थिक अभाबमा उपचार बाट कोही बञ्चित नहुने महिला स्वास्थ्य स्वयंमसेविका बिस्ना रावलले वताएकि छन् ।

बडिमालिका नगरपालिका ७ कि १६ महिनाकी कृष्ना जोशी कडा कुपोषण बाट ग्रसित रहेकि थिईन् । आर्थिक अबस्था कमजोर भएकाले जिल्ला बाहिर उपचारमा लग्न सकेका थिएनन् । जिल्लामै पोषण पुनस्र्थापना केन्द्र स्थापना भएपछि उनको बाजुरामै उपचार भएको आफन्तले वताएका छन् । उनलाइ स्वास्थ्यकर्मीको निगरानीमै अस्पतालमा राखेर उपचार गरेको थियो ।

बाजुराका दुर्गम गाउँमा कुपोषण दर निकै रहेको छ । नेपालमा कुपोषण दर ३७ प्रतिशत रहेको छ । बाजुरामा त्यो भन्दा बढी रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । गाउँमा कुपोषणले धेरै बच्चा मृत्युको मुखमा पर्ने गरेका छन्, उपचार गर्न आर्थिक अभाबले नलिने गरेको पाईन्छ । जिल्लामै पोषण पुनर्स्थापना केन्द्र स्थापना भएपछि धेरै बालवालिका कुपोषणको मृत्यु बाट जोगिने पन्तले वताए । बाजुरामा छोरा भन्दा छोरी बढी कुपोषण हुने गरेको पाईन्छ ।

चर्चामा

सम्बन्धित समाचार