शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, माघ ९, २०७८
थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं — पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ ।

हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।

चर्चामा

सम्बन्धित समाचार